
मिरिक, 20 अगस्त (हि.स.)। 'हाम्राे माग अलग राज्य गाेर्खाल्याण्ड' नारा मिरिकमा गुुञ्जेको छ। नयाँ पार्टी निर्माण समितिको आयाेजनामा बिहीबार मिरिकमा भाषा मान्यता दिवस पालन गरिने क्रममा गाेर्खाल्याण्डकाे मागमा नारा लागेकाे हाे।
भाषा मान्यता दिवस पालन गर्न अघि नयाँ पार्टी निर्माण समितिले मिरिक सरकारी अस्पतालदेखि मिरिक थाना परिसरसम्म एउटा ऱ्यालीकाे आयाेजना गरेको थियो। यस ऱ्यालीमा नयाँ पार्टी निर्माण समिति संयाेजक सञ्जय थुलुङ लगायत समितिका पदाधिकारीहरू, युवा जमात आदिकाे सहभागिता रहेकाे थियाे।
ऱ्यालीमा सहभागीहरूले गाेर्खाल्याण्डकाे कुनै विकल्प नरहेकाे कारण अलग राज्य गाेर्खाल्याण्ड नै गठन गरिनु पर्ने माग गरेका थिए। भाषा मान्यता दिवसको अवसरमा भारतीय संविधानको अनुच्छेद ३(क) अनुसार अलग राज्य गोर्खाल्याण्डको आवाज बुलन्द गर्न ऱ्याली आयोजना गरिएकाे आयाेजकहरूले बताएका छन्।
उक्त ऱ्याली मिरिक अडिटोरियममा पुगेर कार्यक्रममा परिणत भयो।
---------------
हिन्दुस्थान समाचार / हनोक