गुवाहाटीका सात वटा स्थानमा खोलिनेछ विशेष सहायता केन्द्र
गुवाहाटीका सात वटा स्थानमा खोलिनेछ विशेष सहायता केन्द्र


गुवाहाटी, 19 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार भने, गुवाहाटीका नागरिकहरूलाई उनीहरूको नजिकै सरकारी सेवाहरू उपलब्ध गराउनको लागि न्यूनतम पनि सात वटा महत्वपूर्ण स्थानहरूमा विशेष सहायता केन्द्र स्थापना गरिनेछ।

मुख्यमन्त्रीले बताए, यी केन्द्रहरूमा उप-पञ्जीयकको उपस्थिति रहनेछ अनि भूमि तथा फ्ल्याट पञ्जीकरण सहित विभिन्न सेवाहरू उपलब्ध गराइन्छ। यसबाट मानिसहरूलाई जिल्ला आयुक्त कार्यालयसम्म धाइरहने समस्यादेखि राहत पाउनेछन्। साथै समय र यात्रा खर्च पनि बच्नेछ।

उनले भने, यस पलहबाट सरकारी सेवाहरूलाई मानिसहरूको घरदैलोसम्म पुऱ्याउनको साथै प्रशासनिक व्यवस्थालाई अझ सरल, पारदर्शी एवं जनमुखी बनाउनमा मद्दत पुग्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande