
पश्चिम बर्दवान, 19 अगस्त (हि.स.)। पश्चिम बर्दवान जिल्लाको आसनसोलमा पुलिसकर्मीहरूसित दुर्व्यवहार गरेको तथा सरकारी कार्यमा बाधा दिएको आरोपमा भारतीय जनता पार्टी (भाजपा)-ले आफ्ना दुई जना नेताहरूलाई अनुशासनात्मक कारबाही गरेको छ। पार्टीले रानीगञ्ज मण्डल-1 को कमिटीलाई भङ्ग गरिदिएको छ।
भाजपाका वरिष्ठ नेता अनुसार रानीगञ्ज मण्डलका नेता आनन्द साव र आसनसोल साङ्गठनिक जिल्ला सचिव बादशाह च्याटर्जीलाई तत्काल प्रभावबाट सबै साङ्गठनिक जिम्मेवारीहरूदेखि मुक्त गरिएको छ। आसनसोल जिल्लाध्यक्ष देवतनु भट्टाचार्यले दुवै नेताहरूलाई यस सम्बन्धमा नोटिस जारी गरेको छ।
घटना गत 14 अगस्तको रहेको बताइँदैछ। स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा आसनसोलमा विश्व हिन्दू परिषदका कार्यकर्ता अनि भाजपा कार्यकर्ताहरूबीच कुनै मुद्दालाई लिएर विवाद भयो जुन पछि झड़पसम्म पुग्यो। पुलिसले यस मामिलामा केही स्थानीय भाजपा नेता अनि कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो।
भाजपा अनुसार पक्रा पर्नेहरूमा बादशाह च्याटर्जी पनि सामेल थिए। उनलाई पक्राउ गरेपछि आनन्द शाहसहित पार्टीका केही कार्यकर्ताहरू पुलिस स्टेशनमा पुगे अनि पुलिस कारबाहीको विरोध गर्दै आफ्ना साथीहरूलाई रिहा गर्ने माग गरे। यसै अवधि थाना परिसरमा भाजपा कार्यकर्ता र पुलिसकर्मीहरूबीच चर्काचर्की भयो। त्यसपछि पुलिसले आनन्द शाह सहित केही मानिसहरूलाई पक्राउ गरेको थियो। यस सम्पूर्ण घटनाक्रमको एक कथित भिडियो पनि सोशल मिडियामा द्रूत गतिमा प्रसारित भयो जसमा भाजपा नेता र पुलिसकर्मीहरूबीच विवाद भइरहेको देखिएको छ।
पार्टीको यस कारबाहीलाई भाजपा नेतृत्वद्वारा अनुशासनहीनता औ कानून-व्यवस्था लागू गर्ने एजेन्सीसित भएको भिड़न्तविरूद्ध कड़ा सन्देश दिने प्रयासको रूपमा हेरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा