
जलपाईगुड़ी, 19 अगस्त (हि. स.)। राजगञ्ज पञ्चायत समितिमा बुधवार भएको चुनाउमा भारतीय जनता पार्टी (भाजपा)-ले कब्जा जमाएको छ। भाजपाकी मोनिका अधिकारी पञ्चायत समितिकी अध्यक्ष तथा निताई मण्डल उपाध्यक्ष निर्वाचित भए।
राजगञ्ज पञ्चायत समितिका मोठ 36 जना सदस्यहरूमध्ये 22 जना सदस्यहरू चुनावी बैठकमा सामेल भए। यसमा तृणमूल कङ्ग्रेसको चुनाउ चिन्हमा जित्ने 13 जना सदस्य अनि भाजपाका 9 जना सदस्य सामेल थिए। यस अतिरिक्त अध्यक्ष र उपाध्यक्ष दुवै पदमा भाजपा उम्मेद्वारहरूको जीत भयो।
स्मरण गराइन्छ, 2023 सालको पञ्चायत चुनाउमा 36 वटा सीटमध्ये तृणमूल कङ्ग्रेसले 27 र भाजपाले 9 वटा सीटमा जीत हासिल गरेको थियो। तथापि पछि परिवर्तित राजनीतिक समीकरणबीच बुधवार पञ्चायत समितिका दुवै प्रमुख पदमा भाजपाले कब्जा जमायो। यसपूर्व गत 10 जुलाईसम्म अध्यक्ष पदमा तृणमूलकी रुपाली दे सरकार र उपाध्यक्ष पदमा कविता छेत्री शैवले जिम्मेवाारी सम्हालिरहेका थिए। त्यसपछि लगभग एक महिनासम्म अध्यक्षको पद प्रभावी रूपमा खाली रह्यो।
बुधवार राजगञ्ज पञ्चायत समिति कार्यालयमा नयाँ अध्यक्ष औ उपाध्यक्षको चुनाउको प्रक्रिया पूरा भयो। नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको चुनाउपछि पञ्चायत समिति परिसरमा भाजपा कार्यकर्ता अनि समर्थकहरूमा व्यापक उत्साह देखियो। दुवै नेताहरूलाई फूल माला लगाएर सम्मानित गरियो। ढोलको धुनमा भाजपा समर्थकहरूले गेरूवा रङ्गको अबीर उड़ाएर जीतको उत्साह मनायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा