
चुङथाङ, 19 अगस्त (हि.स.)। चुङथाङका एसडीएम अरुण छेत्रीले ताराम चु क्षेत्रमा भइरहेको सडक पुनर्स्थापना कार्यको स्थलगत निरीक्षण गरेका छन्। उनले प्रभावित क्षेत्रमा सडक सम्पर्क पुनर्स्थापनाको प्रगतिबारे जानकारी लिँदै जारी कार्यको समीक्षा गरे।
निरीक्षणका क्रममा एसडीएम छेत्रीले भइरहेको पुनर्स्थापना कार्यको अवस्थाबारे जानकारी लिँदै मौसम अनुकूल रहेमा र जारी काम समयमै सम्पन्न भएमा अगस्त २०२६ को अन्त्यसम्म प्रभावित सडकखण्डमा यातायात सम्पर्क पुनःस्थापित हुने अपेक्षा व्यक्त गरे।
यसै क्रममा उनले लाचेनस्थित गेरेथाङ पैह्रो क्षेत्रको पनि निरीक्षण गरी स्थलको वर्तमान अवस्थाबारे जानकारी लिए। उनले सार्वजनिक सुरक्षा तथा पूर्वाधारमा थप जोखिम कम गर्न आवश्यक रोकथाम तथा न्यूनीकरणका उपायबारे पनि समीक्षा गरे।
स्थलगत निरीक्षणको मुख्य उद्देश्य सडक सम्पर्कको शीघ्र पुनर्स्थापना सुनिश्चित गर्नुका साथै क्षेत्रमा थप पैह्रोको जोखिम सामना गर्न तयारी र सावधानीलाई मजबुत बनाउनु रहेको एसडीएम कार्यालयले जनाएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल