
हावड़ा, 19 अगस्त (हि. स.)। हावड़ा पुलिस कमिश्नरेटको साकरेल थाना अन्तर्गत नाजिरगञ्ज पुलिस चौकीमा तैनाथ कन्स्टेबल शुभमय मण्डललाई एक लाख रुपियाँ घूस लिँदै गर्दा एन्टी करप्शन ब्यूरो (एसीबी)- ले ठाउँबाटै पक्राउ गऱ्यो। एसीबीले कारबाही गरिरहेको समय आरोपी कन्स्टेबलले घूसको पैसाको बण्डललाई बाहिर फाल्ने प्रयास गरे, तर टीमले उसलाई पछ्याएर सबै रकम जफत गऱ्यो।
बुधवार बिहान जारी एसीबीको बयान अनुसार, कारबाही हुँदै गर्दा शुभमय मण्डलले घूसको रुपियाँको दुई वटा बण्डललाई बाहिर फाले पनि रहल रुपियाँलाई फाल्न सकेनन्। जाँचमा आरोपीबाट तत्काल 50 हजार रुपियाँ भेटियो। त्यसपछि एसीबीको टीमले त्यस स्थानमा खोजी अभियान सञ्चालन गऱ्यो जहाँ आरोपीले रुपियाँको बण्डल फालेको थियो। यसरी मोठ एक लाख रुपियाँको घूसको पैसा जफत गरियो।
पक्राउ गर्दा शुभमय मण्डलले धेरै विरोध गरे साथै बबाल पनि गरे। तथापि एसीबी अधिकारीहरूले उसलाई हिरासतमा लिएर पक्राउ गरे। मामिलामा अग्रिम जाँच भइरहेको छ।
स्मरण गराइन्छ, गत सोमवार पनि एसीबीले हावड़ा जिल्लाको बाँटरा थानामा तैनाथ सब-इन्स्पेक्टर सुब्रत सरकारलाई पक्राउ गरेको थियो। आरोप अनुसार उनले एकजना महिलासित कथित रूपमा भएको उत्पीड़नको मामिलालाई दबाउनको लागि आरोपी पक्षबाट घूस लिएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा