
शिवसागर (असम), 19 अगस्त (हि.स.)। शिवसागर जिल्लामा हालैमा आएको विनाशकारी बाढ़ीले कृषि भूमि एवं धानको फसललाई पुऱ्याएको नोक्सानलाई मध्यनजर गर्दै प्रभावित किसानहरूलाई राहत दिने उद्देश्यले बुधवार जयरापारमा उन्नत किसिमको नुमाली धानको बिजन वितरण गरियो।
भारतीय किसान सङ्घ (भाकिसं), तेजपुरको तत्वावधानमा अनि राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस), खेलुवा खण्डको सहयोगमा आयोजित एक कार्यक्रममा जयरापार, कोवामरा सन्दिकै, निमाइजान, बाढ़ैटिङ्ग, नम्बर-2 चाउलकरा औ बानमुख गाउँका 72 जना किसानहरूलाई 6 क्विन्टल उन्नत किसिमको नुमाली धानको बिजन वितरण गरियो।
कार्यक्रममा राष्ट्रिय स्वयंसेवक सङ्घको खेलुवा खण्डका विभिन्न कार्यकर्ताहरू उपस्थित थिए। उनीहरूले किसानहरूसित बातचित गर्दै बाढ़ीबाट भएको नोक्सानको जानकारी लिए अनि उनीहरूलाई पुनः कृषि कार्य शुरू गर्नमा हरसम्भव सहयोग गर्ने आश्वासन दिए।
उल्लेखनीय छ, हालैमा आएको बाढ़ीले क्षेत्रका कैयौं किसानहरूको धानको फसललाई पूर्ण रूपले नष्ट पारिदिएको छ। यसबाट किसानहरूलाई ठूलो आर्थिक नोक्सान भएको छ। यस स्थितिमा उन्नत प्रकारको धानको बिजन उपलब्ध गराउनाले प्रभावित किसानहरूलाई पुनः खेती शुरू गर्नमा मद्दत मिल्ने आशा छ।
किसानहरूले यस पहलको सराहना गर्दै भाकिसं तथा आरएसएसप्रति आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा