प्रशासनिक अधिकारीहरूले सालैपुर-1 मा बाढ़ीको जायजा लिए, प्रभावित मानिसहरूसित गरे बातचित
प्रशासनिक अधिकारीहरूले सालैपुर-1 मा बाढ़ीको जायजा लिए, प्रभावित मानिसहरूसित गरे बातचित


हुगली, 19 अगस्त (हि.स.)। आरामबाग विधानसभा क्षेत्र अन्तर्गत सालैपुर-1 ग्राम पञ्चायतको पश्चिमपाड़ामा बुधवार प्रशासनिक अधिकारीहरूले बाढ़ीको स्थितिको जायजा लिए। आरामबागका महकुमा शासक (एसडीओ) रवि कुमार मिनाले जलमग्न क्षेत्रहरूको निरीक्षण गर्नका साथै स्थानीय मानिसहरूसित बातचित गरी उनीहरूको समस्या सुने।

स्थितिको जायजा लिने क्रममा आरामबागका विधायक हेमन्त बाग र पुरशुड़ाका विधायक विमान घोष पनि उपस्थित थिए। अधिकारी तथा जनप्रतिनिधिहरूले क्षेत्रमा बाढ़ीले गर्दा निम्त्याएका विभिन्न समस्याहरू, जलजमाउ क्षेत्र तथा स्थितिको सामना गर्नको लागि आवश्यक प्रशासनिक कदमहरूको समीक्षा गरे।

स्थानीय मानिसहरूको सुरक्षा एवं उनीहरूलाई आवश्यक सहायता उपलब्ध गराउने सम्बन्धमा पनि अधिकारीहरूसित चर्चा गरियो। जलस्तर सहित सम्पूर्ण क्षेत्रको स्थितिमाथि लगातार नजर राख्ने अनि आवश्यकता परेको खण्डमा तत्काल आवश्यक कदम उठाउनेमाथि बल दिइयो।

अविरल वर्षा अनि नदीहरूको जलस्तर बढ़ेको कारणले आरामबाग महकुमाका विभिन्न ठाउँहरूमा बाढ़ीको जोखिम बढ़्दो छ। यस स्थितिमा प्रशासनिक अधिकारी एवं जनप्रतिनिधिहरूले घटनास्थलमा पुगेर स्थितिको जायजा लिनाले स्थानीय मानिसहरूमा केही हदसम्म राहत अनि भरोसा देख्न पाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande