सिलेण्डर पड़्केर घरमा आगलागी, क्षेत्रमा खैलाबैला
सिलेण्डर पड़्केर घरमा आगलागी, क्षेत्रमा खैलाबैला


कुचबिहार, 19 अगस्त (हि.स.)। जिल्लाको दिनहाटा एक नम्बर ग्राम पञ्चायत क्षेत्रमा ग्यास सिलेण्डर पड़्केर एउटा घरमा आगो लाग्यो जसमा घर पूर्ण रूपले जलेर खरानीमा परिणत भयो। दुर्घटनापछि क्षेत्रमा कोकोहोलो मचियो।

स्थानीय सूत्र अनुसार रामा दास आफ्ना छोरासित घरमा बस्छन्। घरमा उनकी सासुको अन्तिम संस्कारको लागि खाना पकाउने तयारी भइरहेको थियो। यसै अवधि ओभन जलाएको केही समयपछि अचानक सिलेण्डरमा भयानक विस्फोट भयो।

हेर्दा-हेर्दै आगो सम्पूर्ण घरमा फैलियो अनि फर्निचर, छत तथा भित्ताको एक भाग जलेर नष्ट भयो। सूचना पाएर दिनहाटा थाना पुलिस र दमकलको एउटा वाहन घटनास्थलमा पुग्यो। लामो परिश्रम गरेर आगोलाई निययन्त्रण गरियो। यस दुर्घटनामा कुनै पनि प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन। प्रशासनले सिलेण्डर विस्फोट भएको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande