
गुवाहाटी, 19 अगस्त (हि.स.)। असमको होजाई जिल्लामा जङ्गली हात्तीहरूको बथानले रेलवे ट्र्याक पार गरिरहेको देखेर डाउन राजधानी एक्सप्रेसलाई केही समयसम्मको लागि रोकियो। घटना लङ्का रेञ्ज अन्तर्गत हवाईपुरमा भएको हो।
असमका वन मन्त्री जयन्त मल्लाबरुवाले बुधवार सोशल मीडिया पोस्टको माध्यमबाट बताए, हात्तीहरूको झुण्डले रेलवे ट्र्याक पार गरिरहेको कारणले ट्रेनलाई किलोमीटर सङ्ख्या 167/8- मा रोकियो।
वन विभागका कर्मचारीहरू, लोको पायलट औ लामडिङ्ग रेलवे कन्ट्रोल रूमको सतर्कताले गर्दा हात्तीहरूको बथान सुरक्षित रूपमा ट्र्याकलाई पार गर्न सफल भयो। त्यसपछि राजधानी एक्सप्रेसले आफ्नो यात्रा पुनः शुरू गऱ्यो।
मन्त्रीले वन कर्मीहरूको सतर्कताको सराहना गर्दै भने, वन्यजीवहरूको सुरक्षाको लागि विभागीय कर्मचारीहरूले दिनहुँ नै निगरानी राख्द्छन्। हात्तीहरूले सुरक्षित रूपमा रेलवे ट्र्याकलाई पार गर्नु उनीहरूको सतर्क प्रयासको एउटा थप उदाहरण हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा