स्वाति मालिवालले केजरीवालमाथि लगाइन् आरोप, भनिन्- दिल्लीदेखि पञ्जाबसम्मै भ्रष्टाचारका पसलहरू छन्
स्वाति मालिवालले केजरीवालमाथि लगाइन् आरोप, भनिन्- दिल्लीदेखि पञ्जाबसम्मै भ्रष्टाचारका पसलहरू छन्


नयाँ दिल्ली, 19 अगस्त (हि.स.)। राज्यसभा सदस्य स्वाति मालिवालले आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि भ्रष्टाचारको आरोप लगाइन्। उनले भनिन्, केजरीवालले दिल्लीदेखि पञ्जाबसम्म भ्रष्टाचारका पसलहरू चलाइरहेका छन्।

स्वाति मालिवालले बुधवार एउटा भिडियो जारी गरी भने, दिल्लीमा केजरीवालको लगभग 10 वर्षको शासनमा स्कूलका श्रेणी कक्ष, मदिरा नीति तथा दिल्ली जल बोर्ड सहित केही क्षेत्रहरूमा भ्रष्टाचारको खेल चल्यो। उनले दिल्ली जल बोर्डसित सम्बन्धित सीवेज ट्रीटमेन्ट प्लान्ट (एसटीपी) मामिलालाई लिएर आआपमाथि आरोप लगाइन्, यी परियोजनाहरूको उद्देश्य यमुनालाई सफा गर्नु थियो, तर भ्रष्टाचारको कारणले यसको लाभ प्राप्त हुन सकेन। उनले भनिन्, सरकारले यमुनाको सफाईको सट्टा पैसामाथि ध्यान दियो।

पञ्जाबको सन्दर्भमा पनि मालिवालले केजरीवाललाई लक्षित गर्दै आरोप लगाइन्, दिल्लीमा भ्रष्टाचारको मामिलापछि पञ्जाबमा पनि कथित असुलीको नेटवर्क निर्माण गरियो। उनले भने, दिल्लीका पूर्व मन्त्री सत्येन्द्र जैनलाई पञ्जाबमा पार्टीको लागि कथित रूपमा ‘कलेक्शन एजेन्ट’- को भूमिका दिइयो।

मालिवालले सत्येन्द्र जैनलाई चण्डीगढ़को सेक्टर-39 स्थित सरकारी बङ्गला नम्बर 926 दिइएको पनि उल्लेख गर्दै आरोप लगाइन्, त्यसको प्रयोग पञ्जाबका बिल्डर तथा रियल एस्टेट कम्पनीहरूबाट पार्टीको निम्ति पैसा जुटाउनको लागि गरिँदैछ।उनले भनिन्, आगामी दिनमा भ्रष्टाचारहरू अझ उजागार हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande