मोरान-मटक समुदायका लागि आधार आवेदनमा विशेष छुट
मोरान-मटक समुदायका लागि आधार आवेदनमा विशेष छुट


गुवाहाटी, 19 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार भने, उनको सरकार राज्यका मूलवासी समुदायहरूको अधिकार, परम्परा तथा हित रक्षार्थ सदैव प्रतिबद्ध रहिआएको छ।

मुख्यमन्त्रीले सोशल मीडिया पोस्टमा भने, आधार कार्ड आवेदनसित सम्बन्धित हालैको निर्णयमा मोरान र मटक समुदायका मानिसहरूको भावनालाई सम्मान गर्दै सरकारले विशेष छुट दिने विचार गरेको छ। यसान्तर्गत मोरान अनि मटक समुदायका 18 वर्ष वा त्योभन्दा अधिक आयुका नयाँ आवेदकहरूलाई आगामी 31 मार्च, 2027-सम्म छुट प्रदान गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande