सर्थेबाड़ीमा 24 घण्टाभित्रमा तीन चतुर चोर पक्राउ
सर्थेबाड़ीमा 24 घण्टाभित्रमा तीन चतुर चोर पक्राउ


नलबाड़ी (असम), 19 अगस्त (हि.स.)। सर्थेबाड़ी पुलिसले न्यू बजारस्थित एउटा पसलमा भएको चोरीको मामिलामा 24 घण्टाभित्रमा तीन जना आरोपीहरूलाई पक्राउ गरेको छ।

पुलिसले आज बतायो, पक्रा पर्ने आरोपीहरूको पहिचान मुकिब अली, नितुल अली र रहिम अलीको रूपमा भएको छ। पुलिसले उनीहरूको कब्जाबाट दुई लाख रुपियाँभन्दा अधिक मूल्यको चोरी गरिएको काँसाको वर्तन प्रचुर मात्रामा जफत गरेको छ।

पुलिस अनुसार सोमवार न्यू बजारको एउटा पसलमा चोरी भएको थियो। जाँच गर्ने क्रममा पुलिसले तीनै जना आरोपीहरूलाई पक्राउ गरी चोरीको सामान सहित एउटा वाहन पनि जफत गरियो।

चोरीको घटनामा सामेल अन्य दुई जना आरोपीहरू अहिले पनि भागेका छन्। पुलिस उनीहरूको खोजीमा जुटेको छ। मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande