
खरसाङ, 19 अगस्त (हि.स.)। भारतीय जनता पार्टी प्राथमिक शिक्षक संगठनका प्रतिनिधिहरूले खरसाङ क्षेत्रका प्राथमिक शिक्षा विभाग क्षेत्रीय परिदर्शकसँग भेट गरेका छन्। यस भेटमा
क्रमैले जिल्ला सदस्य अनि खरसाङ क्षेत्रका संयोजक बिनोद तामाङ, खरसाङ क्षेत्रीय समिति सभापति संग्राममणि वाइबा अनि खरसाङ क्षेत्रीय समितिका सचिव पियुष राई आदि उपस्थित थिए।
समितिले खरसाङ क्षेत्रका प्राथमिक शिक्षा विभाग क्षेत्रीय परिदर्शकसँग भेट गरेर शिक्षा क्षेत्रका विभिन्न विषयहरुलाई लिएर कुराकानी गर्नुका साथै आफ्ना सुझाउहरु राखेका छन्। यस अवसरमा भारतीय जनता पार्टी प्राथमिक शिक्षक संगठनका प्रतिनिधिहरूद्वारा प्राथमिक शिक्षा विभाग क्षेत्रीय परिदर्शकसँग प्राथमिक शिक्षा विषयमा चर्चा परिचर्चा गरेका छन्।
यस क्रममा सर्विस बुक मेन्टेन्स गर्नु पर्ने, प्राथमिक शिक्षकहरुलाई आफ्नो छेउछाउतिर नै स्थानान्तरण गरिनु पर्ने, रिक्त पद रहेका प्रधानाध्यापकको नियुक्ति, प्राथमिक शिक्षकहरुले पाउनु पर्ने राष्ट्रिय सहुलियतहरु प्रदान गरिनु पर्ने, शिक्षकहरुलाई ट्रेनिङ दिनु पर्ने साथै नोट क्याम्पलाई यथावत् राखिनु पर्ने जस्ता विषयमा छलफल गरिएको संयोजक बिनोद तामाङले जानकारी गराएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक