रह्गापारा रेलवे आरपीएफ टीमले जफत गऱ्यो गाँजा
रह्गापारा रेलवे आरपीएफ टीमले जफत गऱ्यो गाँजा


शोणितपुर (असम), 20 अगस्त (हि.स.)। शोणितपुर जिल्लान्तर्गत रङ्गापारा रेलवे स्टेशनमा खोजी अभियान सञ्चालन गर्दै आरपीएफको टीमले ट्रेनबाट गाँजा जफत गऱ्यो। तथापि यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन।

आरपीएफ सूत्रले बताएको छ, आज दिउँसो भएको नियमित जाँच अभियानमा रङ्गापारा नर्थ रेलवे आरपीएफ पोस्टको टीम जसमा एसआई सोहन लाल प्रधान, एएसआई धनजीत दास, सीटी दिगंत दास एवं सीटी सुनिल कुमार सामेल थिए,- ले प्लेटफर्म सङ्ख्या एकमा खड़ा ट्रेन सङ्ख्या 15895 अप (आरएनवाई-एमजेडएस प्यासेन्जर)- को जाँच गऱ्यो। यस जाँचमा ह्याण्डब्यागभित्र सेतो रङ्गको प्लास्टिकमा बेरिएको एउटा प्याकेट तथा कालो रङ्गको साइकलको ट्यूब भेटियो जसमा गाँजा हुनसक्ने शङ्का थियो।

नजिक बसेका यात्रीहरूसित जाँचबुझ गरियो, तर उनीहरूमध्ये कसैले पनि उक्त ह्याण्डब्यागलाई त्यहाँ राख्ने व्यक्तिलाई चिन्न सकेनन् वा उसको बारेमा कुनै जानकारी दिेएनन्। त्यसपछि उक्त प्याकेटलाई जफत गरी रङ्गापाराको बुकिङ्ग कार्यालयमा लगेर वजन गरियो अनि अग्रिम आवश्यक कारबाहीको लागि आरपीएफ कार्यालयमा ल्याइयो। उक्त गाँजाको मोठ वजन लगभग 10.100 किलोग्राम रहेको छ। नियमानुसार उपलब्ध गवाहरूको उपस्थितिमा सम्पूर्म गाँजालाई जफत गरियो जसको अनुमानित बजार मूल्य लगभग 5 लाख रपियाँ रहेको बताइएको छ। यस मामिलामा अग्रिम कानूनी कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande