
बीरभूम, 20 अगस्त (हि.स.)। बीरभूम जिल्ला परिषदको राजनीतिमा बिहीवार ठूलो परिवर्तन देख्न पाइयो। जिल्ला परिषदका सभाधिपति तथा सहनका तृणमूल कङ्ग्रेस विधायक काजल शेखले निजी कारणहरूलाई देखाउँदै सभाधिपतिको पदबाट राजीनामा दिए। उनको विरोधमा जिल्ला परिषदका 19 जना तृणमूल सदस्यहरूले अविश्वास प्रस्ताव पेश गरेका थिए। शुक्रवार उक्त प्रस्तावमाथि बैठक तथा सम्भावित मतदान हुनअघि नै काजल शेखले राजीनामा दिएका कारण राजनीतिक खैलाबैला शुरू भएको छ।
प्राप्त जानकारी अनुसार काजल शेखले गए 19 अगस्तको दिन आफ्नो राजीनामा सुम्पिएका थिए। बिहीवार बिहान राजीनामा दिनुको कारण स्पष्ट पार्नका लागि उनलाई सम्बन्धित प्राधिकारी समक्ष उपस्थित हुन पऱ्यो। उनले भने, उनले व्यक्तिगत कारणले स्वेच्छाले पद त्याग गरेका हुन्। उनीमाथि कुनै पनि प्रकारको दबाव थिएन। त्यसपछि उनको राजीनामालाई स्वीकार गरियो।
बीरभूम जिल्ला परिषदमा मोठ 52 जना सदस्यहरू छन् भने काजल शेखविरूद्ध अविश्वास प्रस्ताव ल्याउने 19 जना सदस्यहरू तृणमूल कङ्ग्रेसका पूर्व जिल्लाध्यक्ष अनुब्रत मण्डलको निकटवर्ती खेमासित जोड़िएको बताइएको छ। यस स्थितिमा काजल शेखको राजनीमालाई बीरभूममा तृणमूल कङ्ग्रेसभित्र व्याप्त विवाद र शक्ति सन्तुलनको दृष्टिले महत्वपूर्ण मानिँदैछ।
अविश्वास प्रस्तावपूर्व सभाधिपतिले पदबाट राजीनामा दिएपछि अब जिल्ला परिषदका नयाँ सभाधिपतिलाई लिएर राजनीतिक चर्चा चुलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा