
कोलकाता, 20 अगस्त (हि. स.)। दक्षिण 24 परगना जिल्लाको चम्पाहाटीमा फेरि अर्को पटाका बनाउने क्रममा विस्फोट भएको घटना प्रकाशमा आएको छ। बिहीलार भएको यस विस्फोटले सम्पूर्ण छेत्रलाई हल्लाइदियो। पुलिस मुताविक दुर्घटनामा दुई जना मानिसहरू घाइते भएका छन् भने दुवैको अवस्था गम्भीर रहेको बताइएको छ जसलाई स्थानीय अस्पतालमा भर्ती गरिएको छ।
स्थानीय सूत्र अनुसार आवासीय क्षेत्रदेखि केही टाड़ा एउटा खाली जमीनको माझमा कोठा बनाएर त्यहाँ पटाका बनाउन काम गरिरहेको थियो। यसै अवधि अचानक तीव्र विस्फोट भयो। तथापि विस्फोटको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। घटनाको सूचना पाएर पनि दमकल कर्मीहरू विलम्ब गरी घटनास्थलमा पुगेको आरोप लगाउँद स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरे। स्थितिलाई नियन्त्रण गर्नको लागि ठूलो सङ्ख्यामा पुलिसकर्मीलाई तैनाथ गरिएको छ। बारुइपुर पुलिस जिल्लाका अतिरिक्त पुलिस अधीक्षक अतिश विश्वास घटनास्थलमा उपस्थित थिए।
विस्फोटपछि घटनास्थलमा विध्वंशको दृष्य देथियो। टीनको छानो र कोठाको ढाँचा पूर्ण रूपले क्षतिग्रस्त भएको छ। वरपर जलेको बाँसको भाटा तथा अन्य सामानहरू यत्रतत्र फैलिएका थिए। केही स्थानहरूबाट धुँवा निक्लिरहेको थियो। वरिपरीको रूखपातलाई पनि नोक्सान पुगेको छ।
बारुइपुर थानाको पुलिसले यस कुराको जाँच गरिरहेको छ कि विस्फोट कसरी भयो अनि त्यहाँ अवैध रूपमा पटाका बनाुने काम भइरहेको थियो? घटनाको विस्तृत जाँच शुरू गरिएको छ।
स्मरण गराइन्छ, यसै वर्षको जनवरी महिनामा पनि चम्पाहाटीको एउटा पटाका कारखानामा विस्फोट भएको कारणले एकजना व्यक्तिको मृत्यु भएको थियो। यस अतिरिक्त दक्षिण र उत्तर 24 परगना बाहेक मेदिनीपुर तथा नदियामा पनि अवैध पटाका कारखानामा विस्फोट भएका घटनाहरू प्रकाशमा आएकै हो। यस्ता घटनापछि कैयौं जाँच समितिहरू बनाइयो, कारबाही गर्ने दाबी गरियो, तर चम्पाहाटीको ताजा घटनाले अवैध पटाका निर्मणमाथि प्रभावकारी ढङ्गमा रोक लगाउने सम्बन्धमा प्रश्न उठाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा