
नयाँ दिल्ली, 20 अगस्त (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले चीनीको बढ़्दो मूल्य तथा उखुबाट एथनल उत्पादन गर्ने परिप्रेक्ष्यमा केन्द्र सरकारलाई लक्षित गरे। केजरीवालले आरोप लगाए, विदेशी मुद्रालाई बचाउने उद्देश्यले उखुबाट एथनल बनाइरहेको छ, तर यसको परिणाम देशमा चीनको अभावको रूपमा उदाइरहेको छ।
अरविन्द केजरीवालले बिहीवार सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी केन्द्र सरकारको नीतिमाथि प्रश्न उठाए। उनले आलोचना गर्दै भने, यो सरकार यस्तो छ जसलाई यो थाहा नै हुँदैन कि एउटा फसेलाले दीर्घकालीन प्रभाव कस्तो हुन्छ।
केजरीवालले बताए, तेल आयातमाथि थर्च हुने विदेशी मुद्रालाई बचाउनको लागि उखुबाट एथनल बनाउन शुरू गरिएको छ जसको परिणामस्वरूप चीनीको अभाव हुन थालेको छ। अब त्यै विदेशी मुद्राबाट चीनी आयात गर्ने स्थिति आइलागेको छ। उनले यसलाई सरकारको नीतिमाथि ठूलो प्रश्न बताउँदै सोधे, आखिर यो सरकार हो कि खेलाइँची हो? चीनीको मूल्यलाई लिएर पनि केजरीवालले दाबी गरे, पछिल्लो लगभग 17 दिनभित्रमा चीनीको मूल्य 20 रुपियाँ बढ़िसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा