ब्राउन शुगर सहित एक जना पक्राउ
ब्राउन शुगर सहित एक जना पक्राउ


जलपाईगुडी, 20 अगस्त (हि.स.)। भोरेर आलो पुलिसले 295 ग्राम ब्राउन शुगर सहित एक जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेको तस्करलाई अलाउद्दिनका रूपमा पहिचान गरिएको छ। उ इस्लामपुरको रामगञ्ज क्षेत्रको बासिन्दा भएको बताइएको छ। बुधवार राति राजगञ्जको गजोल्डोबा तिस्ता नहर रोडको पारोमुन्डा मोड़ क्षेत्रमा गरिएको अभियानमा अभियुक्त पक्रा परेको थियो। अभियुक्तलाई बिहिवार जलपाईगुडी अदालतमा पेश गरिनेछ।

गुप्त सूचनाको आधारमा भोरेर आलो पुलिस थानाको पुलिसले पारोमुन्डा मोड़ क्षेत्रमा छापा मारेको थियो। अपरेशनको क्रममा अलाउद्दिनलाई लगभग 295 ग्राम ब्राउन शुगर सहित पक्राउ गरियो। पुलिसले गरेको प्रारम्भिक अनुमान अनुसार, जफत गरिएको ब्राउन शगरको बजार मूल्य लाखौँ रुपियाँ रहेको छ। यो आमबाड़ी छेउछाउको क्षेत्रमा बेच्ने उद्देश्यले ल्याइएको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande