श्रीरमपुरका गेस्ट हाउस तथा होटलहरूमा पुलिसको छापामारी, फायर सेफ्टी व्यवस्थाको जाँच
श्रीरमपुरका गेस्ट हाउस तथा होटलहरूमा पुलिसको छापामारी, फायर सेफ्टी व्यवस्थाको जाँच


हुगली, 20 अगस्त (हि. स.)। शहरमा अग्नि सुरक्षा व्यवस्थालाई लिएर प्रशासनले कड़ाई शुरू गरेको छ। यसै क्रममा बिहिवार श्रीरामपुर थाना, दमकल विभाग औ श्रीरामपुर नगरपालिकाको संयुक्त तत्वावधानमा शहरका विभिन्न गेस्ट हाउस औ होटलहरूमा अभियान सञ्चालन गरी अग्नि सुरक्षा व्यवस्थाको जाँच गरियो।

अभियान अवधि सम्बन्धित होटल तथा गेस्ट हाउसहरूमा आगलागीको स्थितिको सामना गर्नको लागि पर्याप्त फायर सेफ्टी उकरण तथा आपतकालीन व्यवस्थाको अभाव रहेको अधिकारीहरूले पाए। यसको साथै आगो निभाउने उपकरणहरूको स्थिति तथा आपत स्थितिमा बचाउ एवं निकासी व्यवस्थाको पनि जायजा लिइयो।

जाँचमा विशेष रूपमा यो पनि हेरियो, प्रतिष्ठानहरूसित फायर सेफ्टी सर्टिफिकेट वैध तथा अपडेट छ कि छैन। अधिकारीहरूले सम्बन्धित सञ्चालकहरूलाई अग्नि सुरक्षासित सम्बन्धित नियमहरूलाई पालन गर्ने आदेश दिए।

प्रशासनको यस संयुक्त कारबाहीको उद्देश्य होटल र गेस्ट हाउसहरूमा बस्ने पाहुनाहरूको सुरक्षा सुनिश्चित गर्नु तथा कुनै पनि सम्भावित अग्निकाण्डको स्थितिमा नोक्सानलाई कम गर्नु हो।

अधिकारीहरूले स्पष्ट पारे, अग्नि सुरक्षा मानदण्डहरूलाई अदेखा गर्ने प्रतिष्ठानहरूविरूद्ध नियमानुसार कारबाही गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande