जमीन लुटेको तथा फ्ल्याटमा कब्जा गरेको आरोपमा पूर्व तृणमूल नेता उत्तम कुण्डु पक्राउ
जमीन लुटेको तथा फ्ल्याटमा कब्जा गरेको आरोपमा पूर्व तृणमूल नेता उत्तम कुण्डु पक्राउ


कोलकाता, 20 अगस्त (हि.स.)। जमीन लुटेको, निर्माणाधिन फ्ल्याटमा बलजफ्ती कब्जा गरेको अनि रुपियाँ हड़पेको सहित अन्य धेरैहरू आरोपहरूमा तारकेश्वर नगरपालिकाका पूर्व चेयरम्यान औ ऋतब्रत ब्यानर्जी गुटका तृणमूल नेता उत्तम कुण्डुलाई पुलिसले पक्राउ गरेको छ। उत्तम वर्तमानमा तृणमूल कङ्ग्रेसको आरामबाग सङ्गठनात्मक जिल्लाका अध्यक्ष हुन्। हुगली ग्रामीण पुलिसको टीमले गए बुधवार राती कोलकाताबाट उनलाई पक्राउ गरेको हो।

पुलिस सूत्र अनुसार उत्तम कुण्डुमाथि कोलकाताका एकजना व्यापारीबाट 40 लाख रुपियाँ हड़पेको आरोप लागेको छ। यस अतिरिक्त उनीमाथि निर्माणाधिन फ्ल्याटमा बलजफ्ती कब्जा गरेको अनि जमीन कब्जा गरेको आरोप पनि लागेको छ। यी आरोपहरूको जाँच गर्ने सिलसिलामा पुलिसले यो कारबाही गरेको हो।

राज्यमा राजनीतिक परिवर्तनपछि गत 25 जूनमा कोलकाताका प्रमोटर राजेश अग्रवालले उत्तम कुण्डुविरूद्ध तारकेश्वर थानामा सिकायत दर्ता गरेका थिए। सिकायत दर्ता भएदेखि नै उत्तम भागेका थिए। यसबीच गए बुधवार राती हुगली ग्रामीण पुलिसले कोलकातामा पुगेर उनलाई पक्राउ गऱ्यो।

उत्तम कुण्डुको तृणमूल नेता ऋतब्रत ब्यानर्जीसित लामो समयदेखिकै राजनीतिक सम्बन्ध रहिआएको छ। एक समयमा उत्तम आरामबाग सङ्गठनात्मक जिल्लामा तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठन आईएनटीटीयूसीका अध्यक्ष थिए जतिबेला ऋतब्रत ब्यानर्जी सङ्गठनका राज्य अध्यक्ष थिए। यसै अवधि यी दुईबीचको सम्बन्ध घनिष्ठ भएको थियो। तृणमूल कङ्ग्रेस दुई गुट भएपछि उत्तमलाई ऋतब्रतले आरामबाग सङ्गठनात्मक जिल्लाका अध्यक्ष बनाएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande