असममा बाढीबाट ९२ गाउँका १४ हजार ७९९ नागरिक अझै प्रभावित
असम बाढ़ः मुख्यमंत्री द्वारा प्रभावित इलाके की सोशल मीडिया पर पोस्ट की गयी तस्वीर


गुवाहाटी, २१ अगस्त (हि.स.)। असममा बाढीका कारण पाँच जिल्लाका ९२ गाउँका १४ हजार ७९९ नागरिक अझै प्रभावित रहेका छन्। नदीहरूको जलस्तर सामान्य बन्दै गएसँगै बाढी प्रभावितहरूको जनजीवन पनि विस्तारै सामान्यतर्फ फर्किरहेको छ। प्रभावितहरू आफ्नो घर तथा कृषि क्षेत्रलाई पुनः व्यवस्थित बनाउन संघर्ष गरिरहेका छन्।

मुख्यमन्त्री डा. हिमन्त विस्व सरमाले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी राज्यमा बाढीका कारण भएको जनधनको क्षति तथा सञ्चालन भइरहेका राहत र पुनर्वास अभियानबारे विस्तृत जानकारी गराएका छन्।

असम राज्य आपदा प्रबन्धन प्राधिकरणका अनुसार, २० अगस्तसम्म राज्यका सबै नदीहरू खतराको चिन्हभन्दा तल बगिरहेका छन्। हालसम्म बाढीका कारण १०६ जनाको मृत्यु भइसकेको छ। बाढीबाट सबैभन्दा बढी क्षति शिवसागर, चराइदेव, जोरहाट र गोलाघाट जिल्लामा भएको छ। राज्यमा ३ हजार ८३ हेक्टर कृषि भूमि अझै पानीमा डुबेको छ।

हाल राहत शिविरहरूमा २३८ जनाले आश्रय लिइरहेका छन्। राहत वितरण केन्द्रबाट शिविरबाहिर रहेका १ हजार १६५ जना प्रभावितले राहत प्राप्त गरिरहेका छन्। प्रभावित क्षेत्रमा बिहीबार राज्य सरकारले चारवटा मेडिकल टोली परिचालन गरेको छ। सरकारी अधिकारीहरू बाढीबाट भएको क्षतिको मूल्याङ्कनमा जुटिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande