
नयाँ दिल्ली, 21 अगस्त (हि.स.)। रक्षामन्त्री राजनाथ सिंहले वंदे मातरमलाई लिएर काङ्ग्रेसको धारणामाथि कड़ा आपत्ति व्यक्त गरेका छन्। उनले काङ्ग्रेसले वन्दे मातरमलाई सम्मान गर्न अस्वीकार गर्नु दुर्भाग्यपूर्ण र संवैधानिक रूपमा गम्भीर रहेको बताए।
सोशल मीडिया प्लेटफर्म एक्समा भीडियो साझा गर्दै सिंहले संसद देशको सर्वोच्च संस्था हो र संसदले पारित गरेको कानून सबैका लागि बाध्यकारी रहेको बताए। यस्तो अवस्थामा कुनै पनि कानून वा संवैधानिक व्यवस्थाको पालना गर्न अस्वीकार गरेकोमा व्यक्ति वा संस्थाको संविधानप्रति निष्ठमाथि प्रश्न उठ्नु स्वाभाविक हो। राष्ट्रगानलाई सम्मान गर्न अस्वीकार गर्दा पनि देशभक्तिका बारेमा प्रश्न उठ्ने उनले बताए।
सन् 1937 को काङ्ग्रेस प्रस्तावलाई उल्लेख गर्दै उनले मुस्लिम लिगको कट्टरपन्थी मागअघि काङ्ग्रेसले सम्झौता गरेको बताए। त्यस्ता सम्झौताहरूको क्षति विभाजनको रूपमा सम्पूर्ण देशले वहन गरेको थियो। कट्टरपन्थी तत्वहरूको दबाबमा गरिएको सम्झौता सधैँ देशका लागि हानिकारक रहेको छ। उनले आरोप लगाए कि काङ्ग्रेसले आज पनि यस्तै स्थिति अपनाइरहेको छ, जुन देशको भविष्यका लागि चिन्ताको विषय हो।
काङ्ग्रेसको निर्णयलाई असंवैधानिक र निन्दनीय भन्दै सिंहले भने कि वन्दे मातरमको विरोध गरेर काङ्ग्रेसले आफ्नो राजनीतिक उद्देश्य राष्ट्र सामू स्पष्ट पारेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी