देशभरका जेलहरुमा बन्द रहेका सिखहरूको रिहाइको मागमा पन्जाब बन्दको मिश्रित प्रभाव
पंजाब के डेराबस्सी में बंद पड़ा बाजार


चण्डीगढ, २१ अगस्त (हि.स.)। देशभरका जेलमा बन्दी रहेका सिखहरूको रिहाइ तथा पूर्व मुख्यमन्त्री बेअन्त सिंहका हत्यारा जगतार सिंह हवारालाई पैरोलमा रिहा गर्न माग गर्दै कौमी इन्साफ मोर्चाको आह्वानमा शुक्रबार गरिएको पञ्जाब बन्दको व्यापक प्रभाव देखिएको छ। बिहान ७ बजीदेखि शुरु भएको बन्दका कारण राज्यका अधिकांश जिल्लाका बजारहरू सुनसान देखिएका छन्।

कौमी इन्साफ मोर्चाको मुख्य केन्द्र मोहाली हो। यहाँ सन् २०२३ देखि वाईपीएस चोकमा धरना दिइँदै आएको छ। इन्साफ मोर्चाको आह्वानमा गरिएको पञ्जाब बन्दका क्रममा अधिकांश जिल्लामा बिहान बजारहरू खुलेनन्। मोहालीसँग जोडिएका डेराबस्सी तथा लालडूमा बन्दको व्यापक प्रभाव देखियो। यहाँ बजार तथा तरकारी बजारलगायतका क्षेत्र पूर्ण रूपमा बन्द रहे। सुरक्षाको दृष्टिले राज्यका अधिकांश निजी विद्यालय तथा अन्य शैक्षिक संस्थाहरूमा शुक्रबार बिदा दिइएको छ।

बस अड्डाहरूबाट बसहरू बाहिर निस्कन दिइएको छैन। बन्दलाई शिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीसहित विभिन्न राजनीतिक दलहरूले समर्थन गरेका छन्। मोहालीमा एयरपोर्ट रोड तथा वाईपीएस चोकमा निहङहरूले मोर्चा सम्हालेका छन्। यहाँ नियमित ड्युटीमा जाने मानिसहरूलाई रोकिएपछि केही स्थानमा हंगामा भएको छ। पठानकोट, लुधियाना, जालन्धर तथा अमृतसरमा पनि बन्दको व्यापक प्रभाव देखिएको छ। यी स्थानमा बस अड्डाबाहिर धरना दिइएको छ।

कौमी इन्साफ मोर्चाका समर्थकहरूले विभिन्न स्थानमा पुगेर पसलहरू बन्द गराइरहेका छन्। राज्यका धेरै स्थानमा राष्ट्रिय राजमार्ग तथा राज्य राजमार्ग अवरुद्ध गरिएको छ।

खरड़-चण्डीगढ राजमार्गमा प्रदर्शनका क्रममा एक युवकलाई रोकिएको थियो। युवकले आफूलाई परीक्षा दिनका लागि अगाडि जानुपर्ने बताए। धरनामा रहेका व्यक्तिहरूले ती युवक एक कम्पनीका मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) भएको आरोप लगाए। प्रदर्शनकारीहरूले उनको झोला जाँच गरेपछि युवक आक्रोशित भएका थिए।

पठानकोटमा भने पञ्जाब बन्दको मिश्रित प्रभाव देखिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande