
उत्तर 24 परगना, 24 अगस्त (हि. स.)। बशिरहाट महकुमाको हाड़ोआस्थित धर्मतला मोड़को छेउमा सापपुकुर क्षेत्रमा अवस्थित एउटा बरफ कारखानामा ग्यास लीक भएर लगभग 20 जना श्रमिकहरू र स्थानीय मानिसहरू बिमार भए। गए आइवार राती लगभग साढ़े आठ बजे अचानक कारखानाको एउटा पाइप फाट्यो जसपश्चात अमोनिया, नाइट्रोजन र कार्बन डाइअक्साइड मिश्रित ग्यास बाहिर निक्लिन थाल्यो। ग्यासको प्रभावले केही मानिसहरूलाई श्वास-प्रश्वास क्रियामा समस्या हुन थाल्यो।
घटनाको सूचना पाएर हाड़ोआ थानाको पुलिस र दमकल विभागको टीम घटनास्थलमा पुग्यो। पुलिसले बिमार मानिसहरूलाई स्थानीय अस्पतालमा पुऱ्यायो जसमध्ये तीन जना मानिसहरूको अवस्था गम्भीर रहेकले उनीहरूलाई हाड़ोआ ग्रामीण अस्पतालमा स्थानांतरित गरियो। दमकल र पुलिसले तीव्र गतिमा कारबाही गर्दै फाटेको पाइपबाट ग्यास चुहिनदेखि बन्द गरिदियो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। तथापि पाइप के कारणले फाटेको हो, अहिलेसम्म स्पष्ट भएको छैन। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
घना आवासीय क्षेत्रमा ग्यास लीकको घटनाले मानिसहरूमा भय फैलायो। घटनाको विरोधमा तथा बरफ कारखानाको मालिकलाई पक्राउ गर्ने माग गर्दै स्थानीय मानिसहरूले बेड़ाचाम्पा-हाड़ोआ रोड जाम गरी प्रदर्शन गरे। पछि पुलिसले आश्वासन दिएपछि मानिसहरूले सड़क जामलाई फिर्ता लिए। हाल स्थिति नियन्त्रणमा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा