खरसाङ व्यवसाय संगठनको साधारण सभा सम्पन्न : सभापति र सचिवले दिए राजीनामा
Business organisation meeting


खरसाङ, 24 अगस्त (हि.स.)। खरसाङ व्यवसाय संगठनको साधारण सभा आज खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। सभा खरसाङ व्यवसायिक संगठनका सभापति फिरोज अख्तरको अध्यक्षता सम्पन्न भयो।

सभामा खरसाङ व्यवसायिक संगठनका पदाधिकारीहरु र सदस्यहरु उपस्थित रहेका थिए। सभामा संगठनका सचिव राजेन्द्र प्रसाद अग्रवालले प्रतिवेदन प्रस्तुत गर्दै 2012 देखि 2026 सम्मका विभिन्न कार्यहरु र उपलब्धिहरु विषयमा जानकारी गराए।

यसैगरी, संगठनको आय व्ययको हर हिसाबको विवरण कोषाध्यक्ष अरुण मोहन घोषले तयार पारेको रिपोर्ट अस्वस्थ्यकि कारण सचिवले नै पढेर सुनाएका थिए।

सभामा खरसाङ व्यवसायिक संगठनको मुख्य सल्लाहकार एवं वरिष्ठ अधिवक्ता रमेश अग्रवालले आफ्नो सम्बोधनमा आफ्नो अनुभवहरु र कानुनी रुपमा सर सल्लाह प्रस्तुत गरे। उनले खरसाङमा सबै व्यवसायीहरु टुटेर होइन जुटेर काम गर्नु पर्छ भनी आह्वान् गरे। उनले मतभेद भए पनि मिलेर काम गर्न सुझाउ दिएका छन्।

अग्रवालले भने, 'हालमा खरसाङ व्यापारमा डेथ टाउन भएको छ। सबै अनलाइनले बिगारेको छ। हाम्रो मतभेद हुन्छ, आलोचना हुन्छ तर त्यो स्वास्थ्य आलोचना हुन आवश्यक छ। स्वास्थ्य आलोचनाले संगठनलाई अघि बढ्न सहयोग गर्छ। हामीले पारदर्शिताको साथमा काम गर्नुपर्छ।

सभामा संगठनका उप सभापति राजु सेवा, कार्यकारी सदस्य जोगेन्द्र प्रसाद, दिपराज रसाइली, श्यामसुन्दर गुप्ता आदिले वक्तव्य राखेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande