
तिनसुकिया (असम), 24 अगस्त (हि.स.)। असमको तिनसुकिया जिल्लाको बाघजानमा पाइपलाइनबाट लगातार ग्यास चुहिएपछि क्षेत्रमा भय फैलिएको छ। कुनै पनि समय ठूलो दुर्घटना हुने आशङ्काले स्थानीय मानिसहरूमा चिन्ता बढ़ेको छ।
बाघजानस्थित रूपकुँवर राष्ट्रिय विद्यालय सामु पाइपलाइनबाट ग्यास लगातार चुहिरहेको छ। प्रारम्भिक जानकारी अनुसार राती तेल चोर्ने प्रयास गर्दा उपद्रवीहरूले पाइपलाइन काटिदिएको कारणले यो स्थिति उत्पन्न भएको हो।
घटनाको सूचना पाउनसाथ अग्निशमन एवं आपत सेवा कर्मी अनि बाघजान पुलिस घटनास्थलमा पुगेको छ। स्थितिमाथि लगातार निगरानी राखिंदैछ। कुनै पनि अप्रिय घटनालाई रोक्नको लागि आवश्यक कदम उठाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा