
सिलगढ़ी, 24 अगस्त (हि. स.)। न्यू जलपाईगुड़ी रेलवे स्टेशनमा हकर विरोधी कारबाही तथा कथित रूपमा लगातार जरीमाना लगाइएको विरोधमा सोमवार प्रदर्शन गरियो। राष्ट्रवादी रेलवे हकर यूनियनको ब्यानरमा हकरहरूले आरपीएफ कार्यालय अगाड़ि राष्ट्रिय झण्डा बोकेर विरोध गरे।
हकरहरूको आरोप छ, पछिल्लो 27 दिनदेखिको स्टेशनमा हकरी गर्ने प्रत्येक व्यक्तिमाथि दुई हजार रुपियाँ जरीमाना लगाइँदैछ। यस अतिरिक्त उनीहरूविरूद्ध मामिला दर्ता गर्ने सिकायत पनि छ।
हकरहरूको भनाइ छ, लामो समयदेखिको यसै कामको माध्यमबाट उनीहरूक परिवार चल्दै आएको छ। अचानक काम बन्द हुनाले उनीहरूलाई रोजगारीको समस्या भएको छ।
प्रदर्शनकारीहरूले माग गरे, यदि रेलवेले नियमहरू अन्तर्गत स्टेशनमा हकरी गर्ने अनुमति दिन सक्दैन भने प्रशासनले उनीहरूको लागि वैकल्पिक रोजगारको व्यवस्था गरिदिओस्। हकरहरूले रेलवेको आईआरसीटीसी व्यवस्था अन्तर्गत काम गर्ने अवसर दिने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा