लङ्भ्यू चियाबारीका श्रमिकहरुले म्यानेजर अनि म्यानेजमेन्टलाई दियो 7 दिनको अल्टिमेटम
Longview tea garden workers


खरसाङ, 24 अगस्त (हि.स.)। खरसाङको लङ्भ्यू कमानमा म्यानेजर अनि म्यानेजमेन्टको भ्रष्टाचार अनि लापरवाही भएको भन्दै लङभ्यू कमानका श्रमिकहरुले म्यानेजरलाई 7 दिनको अल्टिमेटम दिएका छन्।

प्रत्येक श्रमिकको पीएफको हिसाबबारे जानकारी अहिलेसम्म पनि म्यानेजरले पीएफ अफिसलाई जम्मा नदिएको आरोप छ। पीएफ अफिसले लङ्भ्यू कमानको सिल खोलेको एक हप्ता बितिसक्दा पनि लङ्भ्यू कमानको म्यानेजर एपी सिंहले अहिलेसम्म आफ्नो काम नगरेर श्रमिकहरुलाई धेरै समस्या भइरहेको छ जानकारी प्राप्त भएको छ।

पीएफको पैसा पीएफ अफिसको खातामा जम्मा छ, तर म्यानेजमेन्टको लापरवाहीले गर्दा अहिलेसम्म श्रमिकको पीएफ खातामा पसेको छैन। श्रमिकहरुको पीएफको खातामा हजारौं गल्तीहरू गरेको हुनाले पीएफको संशोधन गर्ने जिम्मेवारी म्यानेजमेन्टको नै हो, तर अहिलेसम्म कुनै काम भएको छैन। त्यसैले, श्रमिकहरुले म्यानेजरलाई 7 दिनको समय दिएको छ र लेबर डिपार्टमेन्टलाई झट्ट त्रिपक्षीय वार्ता बोलाउने आह्वान गरेको छ।

स्मरण रहोस्, हिल प्लान्टेशन इम्प्लोइज युनियनले लेबर डिपार्टमेन्ट साथै श्रम मन्त्री समेतलाई त्रिपक्षीय वार्ताको माग गर्दै ज्ञापन पत्र चढाइसकेको छ। श्रमिकहरूले केवल अनशन स्थगित भएको हो, यसरी बाध्य गराए आन्दोलन फेरि चड्किने चेताउनी दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande