होजाईमा वन विभागको तत्परताले ठूलो दुर्घटना हुनदेखि बच्यो, जङ्गली हात्तीहरूको ज्यान बच्यो
होजाईमा वन विभागको तत्परताले ठूलो दुर्घटना हुनदेखि बच्यो, जङ्गली हात्तीहरूको ज्यान बच्यो


होजाई (असम), 24 अगस्त (हि.स.)। असमको होजाई जिल्लामा वन विभागको तत्परताले जङ्गली हात्तीहरूको एउटा ठूलो बथानको ज्यान बच्यो। बितेको राती भोजनको खोजीमा हात्तीहरू हावाईपुर तर्फ जाने क्रममा रेलवे ट्र्याकमा फस्यो।

यसै अवधि हावाईपुर तर्फ अप-लाइनमा राजधानी एक्सप्रेस अनि डाउन-लाइनमा एउटा मालगाड़ी आइरहेको थियो। रेलवे ट्र्याकमा हात्तीहरूको बथान रहेको सूचना पाउनसाथ वन विभागीय अधिकारीहरू अनि कर्मचारीहरू सक्रिय भए।

वन विभागको तत्काल कारबाहीको कारणले दुवै द्रेनलाई आपत स्थितिमा रोकियो। यसले गर्दा हात्तीहरू ठूलो रेल दुर्घटनाको शिकार हुनदेखि बचे। वन विभागको सतर्कतामा समयमै कारबाही गरिएको कारणले एकपटक फेरि मानव-वन्यजीव सङ्घर्षको सम्भावित गम्भीर घटना टऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande