
सिलगढ़ी, 26 अगस्त (हि.स.)। सिलगढ़ीका विधायक तथा राज्यका पर्यटन मन्त्री शङ्कर घोषले बुधवार शहरको 15 नम्बर वार्डमा अन्नपूर्णण भण्डार योजनाका लाभार्थीहरूसित भेट गर्न उनीहरूको घर-घरमा पुगे। वार्डका को-अर्डिनेटर तथा पार्टी कार्यकर्ताहरूसित मन्त्रीले विभिन्न घरमा गएर लाभार्थीहरूसित बातचित गरे। यस अवधि लाभार्थीहरूको ब्याङ्क खातामा अन्नपूर्ण भण्डारको राशि पस्यो कि पसेन, त्यसको पनि जाँच गरियो।
निरीक्षण अवधि मन्त्री शङ्कर घोषले योजनाको आर्थिक लाभ प्राप्त गर्ने मानिसहरूसित बातचितगरी उनीहरूको अनुभव बुझे। उनले यो पनि हेरे, सरकारी सेवा वास्तवमा लाभार्थीहरूसम्म पुगेको छ कि छैन। खातामा पैसा पसेका लाभार्थीहरूको घरमा शङ्कर घोषले आफै अन्नपूर्ण भण्डार योजनाको माध्यमबाट मुख्यमन्त्रीप्रति धन्यवाद व्यक्त गर्दै स्टिकर पनि टाँसिदिए।
पत्रकारहरूसितको बातचितमा शङ्कर घोषले भने, 15 नम्बर वार्डका को-अर्डिनेटर र कार्यकर्ताहरूसित मिलेर यो कार्यक्रम आयोजना गरिएको हो। अन्नपूर्ण भण्डालको लाभ पाउने योग्य केही महिलाहरूको ब्याङ्क खातामा तीन-तीन हजार रुपियाँ पसिसकेको छ भने नपाउनेहरूसित बातचित गरी समस्याको कारण पत्तो लगाइँदैछ।
मन्त्रीले भने, यदि कुनै योग्य लाभार्थी अहिलेसम्म योजनाको राशि पाउनदेखि वञ्चित छ भने उसले विधायक सेवा केन्द्रसित सम्पर्क गर्न सक्नेछ। उनले बताए, सिलगढ़ी विधानसभा क्षेत्रका लगभग 32 हजार महिलाहरूले अन्नपूर्ण भण्डारको लाभ प्राप्त गरिसकेका छन्।
अन्नपूर्ण भण्डारलाई लिएर विरोध तथा असन्तुष्टिको प्रश्नमा घोषले प्रतिक्रिया व्यक्त गर्दै भने, मानिसहरूमा असन्तुष्टि वा सिकायत हुनसक्छ, तर योजनाको लागि पात्र महिलाहरूले निर्धारित नियमानुसार सरकारी सहायता अवश्य पाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा