मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली लक्ष्मी योजनाको गरिन् शुभारम्भ, 65 जना महिलाहरूलाई सुम्पिइन् प्रमाण पत्र
मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली लक्ष्मी योजनाको गरिन् शुभारम्भ, 65 जना महिलाहरूलाई सुम्पिइन् प्रमाण पत्र


नयाँ दिल्ली, 26 अगस्त (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार तालकटोरा स्टेडियममा आयोजित कार्यक्रममा ‘दिल्ली लक्ष्मी योजना’ -को आधिकारिक शुभारम्भ गरिन्। यस अवसरमा मुख्यमन्त्रीले योजना अन्तर्गत पात्र महिलाहरूलाई स्वीकृति पत्र औ आर्थिक सहायता प्रदान गरिन्। मञ्चमा 65 जना पात्र महिलाहरूलाई प्रमाण पत्र सुम्पिइयो।

यस कार्यक्रममा लगभग 2,500 पात्र महिलाहरू उपस्थित थिए। योजना अन्तर्गत लाभार्थीहरूलाई 2,500 रुपियाँको आर्थिक सहायता दिइयो।

मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, सरकारको उद्देश्य पात्र महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउनु अनि उनीहरूलाई योजनाको सोझो लाभ उपलब्घ गराउनु हो।

कार्यक्रममा दिल्लीका उपराज्यपाल तरणनजीत सिंह सन्धू, शिक्षा मन्त्री आशिष सूद, पीडब्ल्यूडी मन्त्री प्रवेश वर्मा, संस्कृति मन्त्री कपिल मिश्रा, पर्यावरण मन्त्री मनजिंदर सिंह सिरसा, दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा, सांसद प्रवीण खण्डेलवाल, कमलजीत सहरावत, बाँसुरी स्वराज सहित केही विधायक र अन्य जनप्रतिनिधिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande