चीनीको मूल्य सम्बन्धी राहुल गान्धीको बयानमाथि दिलीप घोषले गरे लक्षित
चीनीको मूल्य सम्बन्धी राहुल गान्धीको बयानमाथि दिलीप घोषले गरे लक्षित


कोलकाता, 26 अगस्त (हि.स.)। कङ्ग्रेस नेता राहुल गान्धीको आलोचना गर्दै राज्यका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले पूर्ववर्ती संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारमाथि लक्षित गरेका छन्। चीनीको मूल्यवृद्धिलाई लिएर लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीले गरेको टिप्पणीको सन्दर्भमा मन्त्री दिलीप घोषले भने, उनको कार्यकालमा के सस्तो थियो र? प्रतिशतको हिसाबले तुलना गर्नु हो भने अहिले सबैकुरा सस्तो छ। उनीसित अब उठाउनको लागि कुनै मुद्दा वा विषय बचेको छैन। सरकारले यति राम्रो काम गरिरहेको छ कि उनीसित बोल्ने वा विरोध गर्नको लागि कुनै विषय छैन। उनले अहिले के भनिरहेका छन् र भविष्यमा के गर्नेछन्? अतीतमा आफूले के गरेका थिए? आफूले दश वर्षसम्म देशमा शासन गरे। आफूले देशलाई कुन स्थितिमा छोड़ेका थिए?

बुधवार बिहान न्यूटाउनमा पत्रकारहरूसित बातचित गर्दै वन्दे मातरमको मुद्दामा मन्त्री दिलीप घोषले भने, खड़गेजी र राहुलजीले जे नै गरे पनि केही फरक पर्नेवाला छैन। संसदमा पाहिला नै एउटा कानून पारित भइसकेको छ। संविधान अनि स्वतन्त्रता पश्चात ‘वन्दे मातरम्’- लाई मान्यता दिइएको छ भने देशका मानिसहरूले यसलाई सम्मानपूर्वक स्वीकार गरेका छन्। अब सारा देशमा ‘वन्दे मातरम्’ गाइँदैछ। यसलाई लिएर कुनै समस्या भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande