
कोलकाता, 26 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा विधानसभा चुनाउमा ठूलो जीत हासिल गरेपछि अब भाजपा यसै रणनीति अन्तर्गत चाँड़ै नै निकाय चुनाउ गराउने तयारीमा जुटेको छ। मानिंदैछ, दुर्गापूजाको समाप्तिसितै कोलकाता नगरनिगम र हावड़ा नगरनिगममा चुनाउ हुनसक्छ। दुवै नगरनिकायमा कब्जा जमाउनको लागि भाजपाले अहिलेबाटै आफ्नो रणनीति शुरू गरेको छ।
कोलकाता नगरनिगम चुनाउको लागि भाजपाले पूर्व प्रदेश अध्यक्ष औ केन्द्रिय शिक्षा राज्य मन्त्री सुकान्त मजुमदारले चुनाउ प्रभारीको जिम्मेवारी लिएका छन् भने अनिन्द्य बन्द्योपाध्यायलाई सह-प्रभारी बनाइएको छ।संयोजकको जिम्मा तापस रायलाई दिइएको छ भने सहसंयोजकको रूपमा रितेश तिवारीले भूमिका निभाउनेछन्।
यसरी नै हावड़ा नगरनिगम चुनाउको लागि भाजपाका वरिष्ठ नेता अनि राज्यसभा सांसद राहुल सिन्हालाई चुनाउ प्रभारी बनाइएको छ भने सञ्जय कुमार सिंहलाई संयोजकको जिम्मेवारी दिइएको छ।
विधानसभा चुनाउमा विजय भएपछि भाजपाको नजर अब राज्यको नगरनिकाय चुनाउहरूमा परेको छ। पार्टी नेतृत्वले कोलकाता अनि हावड़ा नगरनिगमको चुनाउलाई विशेष महत्व दिरहेका छन्। यसको साछै आगामी दिनमा राज्यका अन्य नगरपालिकाहरूमा पनि जीत हासिल गर्नको लागि सङ्गठनात्मक स्तरमा रणनीति बनाइँदैछ।
यसै सिलसिलामा गए मङ्गलवार भाजपाको सल्टलेक कार्यालयमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। पश्चिम बङ्गालका प्रभारी सुनिल बन्सलले पार्टीका विधायकहरू अनि पार्षदहरूसित बैठक गरे। भनिन्छ, लामो समयसम्म चलेको बैठकपछि कोलकाता एवं हावड़ा नगरनिगम चुनाउको लागि प्रभारीहरू तथा अन्य पदाधिकारीहरूको जिम्मेवारी तय गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा