
कोलकाता, 26 अगस्त (हि.स.)। कोलकातामा हिन्दू महासभाद्वारा आयोजना गरिने दुर्गा पूजा यसपालि पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको जीवन र राजनीतिक यात्रामाथि आधारित हुनेछ। आयोजकहरू अनुसार पूजा पण्डालको थीम ‘नन्दीग्रामदेखि नवान्न : बुबाईको विजययात्रा’ राखिएको छ। ‘बुबाई’ शुभेन्दु अधिकारीको लोकप्रिय उपनाम हो।
हिन्दू महासभाका प्रदेश अध्यक्ष चन्द्रचूड़ गोस्वामीले बुधवार बताए, पण्डालको माध्यमबाट शुभेन्दु अधिकारीको बाल्यकालदेखि लिएर राजनीतिमा प्रवेश, विभन्न राजनीतिक आन्दोलनहरू हुँदा उनको सङ्घर्ष तथा अन्ततः पश्चिम बङ्गालको मुख्यमन्त्री बन्दासम्मको यात्रालाई प्रदर्शित गरिनेछ।
उनले भने, पण्डालमा मोडल, फ्लेक्स प्यानल, तस्वीरहरू, भित्ते चित्र औ डक्यूमेन्ट्री प्रस्तुतिहरूको माध्यमबाट शुभन्दु अधिकारीको राजनीतिक एवं सार्वजनिक जीवनका भिन्न-भिन्न चरणहरूलाई दर्शाइनेछ।
आयोजकहरू मुताविक पण्डालमा शुभेन्दु अधिकारीको एउटा लघु चित्र पनि टाँसिनेछ। यसको साथै उनको राजनीतिक सङ्घर्ष र करियरका प्रमुख घटनाहरूलाई दर्शाउने डक्यूमेन्ट्री पनि प्रदर्शन गरिनेछ। सम्पूर्ण स्थापनालाई एक दृश्य कथाको रूपमा तयार गरिँदैछ जसमा ऐैतिहासिक सन्दर्भहरूको साथमा कलात्मक प्रस्तुति पनि समावेश गरिनेछ।
रूबी क्रसिङ्गमा आयोजना हुने यस दुर्गा पूजाको लागि तयारीहरू शुरू भइसकेका छन्। पण्डालमा पारम्परिक बङ्गाली पटचित्र कला बाहेक अन्य कलात्मक शैलीहरूलाई पनि प्रयोग गरिनेछ।
आयोजकहरूले आशा व्यक्त गरेका छन्, अनौठो थीम र विस्तृत दृश्य प्रस्तुतिले दुर्गा पूजामा ठूलो सङ्ख्यामा मानिसहरूलाई आकर्षित गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा