
जलपाईगुड़ी, 26 अगस्त (हि.स.)। गोरुमारा अभयारण्य औ लाटागुड़ी वन क्षेत्रबीच राष्ट्रिय राजमार्गमा बुधवार बिहान भएको एक भीषण सड़क दुर्घटनामा एकजना महिलाको मृत्यु भयो भने अन्य तीन जना मानिसहरू गम्भीर रूपमा घाइते भए।
स्थानीय सूत्र अनुसार एउटा सानो कारमा चार जना मानिसहरू सवार थिए। जङ्गलको बीचबाट गुज्रिने क्रममा अचानक चालकले नियन्त्रण गुमायो जसले गर्दा कार सड़कको किनारमा रूखसित ठोक्कियो। यस ठक्करको कारणले कार पूर्ण रूपले क्षतिग्रस्त भयो।
दुर्घटना भएको सूचना पाएर घटनास्थलमा पुगेको मेटेली थाना पुलिस औ ट्राफिक पुलिसले राहत एवं बचाउ कार्य शुरू गऱ्यो। कारमा फसेका चारै जना मानिसहरूलाई बाहिर निकालेर चालसाको मङ्गलबाड़ी ग्रामीण अस्पतालमा लगियो जहाँ डाक्टरहरूले एकजना महिलालाई मृत घोषित गरिदिए।
गम्भीर रूपमा घाइते तीनै जना मानिसहरूलाई प्राथमिक उपचारपछि मालबजार सुपर स्पेशियलिटी अस्पतालमा रेफर गरिएको छ। हाल मृतक अनि घाइतेहरूको पहिचान हुन सकेको छैन। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा