प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोटको विदुर पुगे, राहत तथा उद्धार अभियानको समीक्षा गरे
नुवाकोट पहुंचे नेपाल के प्रधानमंत्री बालेन्द्र शाह


काठमाडौं, २७ अगस्त (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार दिउँसो रसुवा र नुवाकोटको विदुर पुगेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिको अवस्था बुझ्नुका साथै बेपत्ता नागरिकको खोजी तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाह सडकमार्ग हुँदै विदुर पुगेका हुन्।

प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित सैन्य प्रशिक्षण केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग आयोजित बैठकमा सहभागिता जनाएका छन्। बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी छन्।

बैठकमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी तथा जिल्ला पुलिस प्रमुख विपिन रेग्मीलगायतका अधिकारीहरूले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था, बेपत्ता व्यक्तिको खोजी र जारी राहत तथा उद्धार अभियानबारे प्रधानमन्त्री शाहसहित सहभागी अधिकारीहरूलाई जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande