
किशनगञ्ज, 28 अगस्त (हि.स.)। दुष्कर्मको एउटा मामिलामा पछिल्लो लामो समयदेखिको भगौड़ा पौआखाली नगर पञ्चायत अध्यक्ष प्रतिनिधि अहमत हुसैन उपनाम लल्लू मुखियालाई पक्राउ गर्नको लागि पुलिसले उसको सम्भावित ठेगानाहरूमा छापामारी गरिहेको छ। ठाकुरगञ्ज खण्डको पौआखाली नगर पञ्चायत क्षेत्रमा एसडीपीओ-2 ठाकुरगञ्ज मनोज कुमार सिंहको नेतृत्वमा थानाध्यक्ष शङ्खराज कर्ण, थानाका पदाधिकारीहरू एवं पुलिस बलले आरोपीको ठेगानामा छापामारी गऱ्यो।
एसडीपीओ-2 मनोज कुमार सिंहले बताए, पुलिसले गुप्त सूचनाको आधारमा आरोपीको ठेगानामा छापामारी गऱ्यो। आरोपीलाई पक्राउ गर्नको लागि लगातार छापामारी गरिँदैछ। पुलिसले विभिन्न माध्यमहरूबाट आरोपीको बारेमा जानकारीहरू जुटाइरहेको छ। साथै उसको सम्भावित ठेगानाहरूमा नजर राखिरहेको छ।
मामिलाको सन्दर्भमा किशनगञ्जका पुलिस अधीक्षक सन्तोष कुमारले भने, यदि आरोपीले चाँड़ै आत्मसमर्पण गरेन भने न्यायालयको निर्देशमा उविरूद्ध कुर्की तथा जफत सहित अन्य वैधानिक कारबाही गरिनेछ।
उनले बताए, आरोपीलाई पक्राउ गर्नको लागि पुलिसका भिन्न-भिन्न टीमहरूले लगातार प्रयास गरिरहेका छन्। तकनिकी निगरानी र अन्य श्रोतहरूबाट पनि आरोपीको गतिविधि अनि सम्भावित ठेगानाहरूको जानकारी जुटाइँदैछ।
एसपीले स्पष्ट पारे, कानूनदेखि बच्नको लागि भाग्ने कुनै पनि आरोपीलाई छोड़िनेछैन। पुलिसको उद्देश्य आरोपीलाई चाँड़ोभन्दा चाँड़ो न्यायालयमा प्रस्तुत गर्नु हो। कानून सबैको लागि समान छ र कुनै पनि व्यक्तिलाई कानूनभन्दा माथि मानिँदैन। पुलिस प्रशासनले मामिलामा निष्पक्ष र कानूनसम्मत कारबाही सुनिश्चित गर्ने कुरा गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा