सीएपी अध्यक्ष गणेश राईले रक्षा बन्धनको शुभकामना दिए
गणेश राई


गान्तोक, 28 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम अध्यक्ष गणेश राईले रक्षा बन्धनको शुभ अवसरमा सिक्किमका जनतालाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उनले आज सन्देश जारी गरी भनेका छन्, रक्षा बन्धनले दाजुभाई तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, हेरचाह र सुरक्षाको सुन्दर बन्धनको उत्सव मनाउँदछ। यो विशेष अवसरले परिवारमाझ स्नेहको बन्धनलाई बलियो बनाओस् र हामीलाई पारस्परिक सम्मान, सद्भाव र करुणामा आधारित समाज निर्माण गर्न प्रेरित गरोस्।

यस पवित्र उत्सवले सिक्किमका प्रत्येक परिवारमा खुशी, समृद्धि, शान्ति र एकता ल्याओस् भन्दै अध्यक्ष राईले पुनःसबैलाई शुभकामना दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande