
कोलकाता, 28 अगस्त (हि. स.)। पश्चिम बङ्गालमा शुक्रवार रक्षाबन्धनको दिन अधिकांश जिल्लाहरूमा आकाश बादलले ढाक्नको साथै हल्कादेखि मध्यम वर्षा अनि मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। कतिपय क्षेत्रहरूमा वज्रपात अनि तीव्र हावा चल्ने चेताउनी जारी गरिएको छ। मौसम विज्ञान विभाग अनुसार उत्तर र दक्षिण बङ्गालमा मौसमको गतिविधि कायम रहनेछ।
मौसम विज्ञान विभाग अनुसार उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहारमा वर्षाको श्रृङ्खला कायम रहने सम्भावना छ। केही स्थानहरूमा घना वर्षा हुनसक्छ। जलपाईगुड़ीमा शुक्रवार वर्षासितै बिजुली चम्किनेछ भने 30-40 किलोमीटर प्रतिघण्टाको गतिेले तीव्र हावा चल्ने चेताउनी दिइएको छ।
यस अतिरिक्त मालदा, उत्तर एवं दक्षिण दिनाजपुर सहित अन्य जिल्लाहरूमा पनि कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जनसितै वर्षा हुनसक्छ। पहाड़ी क्षेत्रहरूमा वर्षा अपेक्षाकृत अधिक हुने सम्भावना छ। दक्षिण बङ्गालमा कोलकाता, हावड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया, पूर्व एवं पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद र नदिया समेत केही जिल्लाहरूमा मेघ गर्जिने अनि पानी पर्ने सम्भावना छ भने कतिपय स्थानहरूमा तीव्र हावा चल्नसक्छ।
कोलकाता लगायत यस वरपररका क्षेत्रहरूमा दिनभरि बादल लाग्ने तथा वर्षाको साथमा बिजुली चम्किने सम्भावना छ। अलिपुरमा शुक्रवार अधिकतम तापमान लगभग 32 डिग्री अनि न्यूयनतम तापमान लगभग 28 डिग्री सेल्सियस रहने अनुमान छ। 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने चेताउनी दिइएको छ।
मौसम विभागले मानिसहरूलाई वज्रपात भएको स्थितिमा खुल्ला ठाउँमा जानदेखि बच्ने अनि सुरक्षित स्थानमा बस्ने सल्लाह दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा