संस्कृत दिवसमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको सन्देश-भाषा मात्र होइन, भारतीय संस्कृति, सभ्यता औ दर्शनको समृद्ध धरोहर पनि हो
संस्कृत दिवसमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको सन्देश-भाषा मात्र होइन, भारतीय संस्कृति, सभ्यता औ दर्शनको समृद्ध धरोहर पनि हो


कोलकाता, 28 अगस्त (हि.स.)। संस्कृत दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा संस्कृत भाषाको महत्वलाई रेखाङ्कित गर्दै विशेष सन्देश साझा गरे। उनले संस्कृतलाई एउटा भाषा मात्र नभएर भारतीय संस्कृति, सभ्यता, दर्शन एवं ज्ञानको समृद्ध धरोहर बताए।

मुख्यमन्त्रीले आफ्नो पोस्टमा भने, वेद, उपनिषद, रामायण औ महाभारतदेखि लिएर गणित, ज्योतिष विज्ञान औ चिकित्सा शास्त्रसम्म भारतीय ज्ञान परम्पराका विभिन्न क्षेत्रहरूमा संस्कृतको महत्वपूर्ण योगदान रहिआएको छ।

उनले संस्कृतको प्रसिद्ध वाक्य “यत्र विश्वं भवत्येकनीडम्”- को उल्लेख गर्दै यसको अर्थ बताए, जहाँ सारा विश्व एउटै परिवार/आश्रयमा परिवर्तित हुनेछ। मुख्यमन्त्रीले भने, संस्कृतको माध्यमबाट यो विचार आज पनि गुञ्जिन्छ।

शुभेन्दु अधिकारीले संस्कृत दिवसको अवसरमा नयाँ पिँढ़ीलाई यस प्राचीन भाषासित जोड़्ने आह्वान गरे। उनले भने, आजको विशेष दिनमा सबैले यस प्राचीन, समृद्ध एवं ज्ञानवर्द्धक भाषालाई नयाँ पिँढ़ीसम्म पुऱ्याउने सङ्कल्प लिनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande