शुभेन्दु अधिकारीले दिए राखी पूर्णिमाको शुभकामना, चेली-माइतीको अटुट सम्बन्धको कामना गरे
शुभेन्दु अधिकारीले दिए राखी पूर्णिमाको शुभकामना, चेली-माइतीको अटुट सम्बन्धको कामना गरे


कोलकाता, 28 अगस्त (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राखी पूर्णिमाको अवसरमा प्रदेशवासीहरूलाई शुभकामना दिएका छन्। उनले सोशल मीडिया पोस्टमा चेली-माइतीमाझ प्रेम, विश्वास एवं स्नेहको सम्बन्धलाई मजबुत बनाइराख्ने कामना गरे।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, एक टुक्रा धागोमा चेली-माइतीको प्रेम, विश्वास अनि स्नेहको अटुट बन्धन बाँधिरहोस्। उनले चेली-माइतीको सम्बन्ध अझ बढ़ी मधुर र चिरस्थायी बनोस् भनी कामना गरे।

शुभेन्दु अधिकारीले भने, सबैको जीवनमा खुशी एवं आशीर्वाद रहिरहोस्। उनले प्रदेसका सबै मानिसहरूलाई राखी पूर्णिमाको हार्दिक शुभकामना अनि बधाई दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande