
गुवाहाटी, 30 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार भने, राज्यको सीमामा सुरक्षा बलहरूले भारतमा अवैध रूपमा भित्रिने प्रयास गरिरहेका तीन जना मानिसहरूलाई रोके।
मुख्यमन्त्रीले सोशल मीडिया पोस्टको माध्यमबाट बताए, बङ्गलादेशबाट अनुप्रवेशमाथि रोक लगाउन तथा असमको सीमा सुरक्षालाई मजबुत बनाउनको लागि राज्य स्तरीय सुरक्षा व्यवस्था विकसित गरिएको छ।
उनले भने, बितेको राती सतर्क् सुरक्षा बलहरूले अवैध रूपमा भारतमा प्रवेश गर्ने प्रयास गरिरहेका तीन जना मानिसहरूलाी चिन्हित गरी उनीहरूलाई प्रवेश गर्न
मुख्यमन्त्रीले स्पष्ट पारे, देशको सुरक्षा अनि सीमाको अखण्डतासित कुनै पनि प्रकारको सम्झौता गरिनेछैन। उनले भने, यस्तो हरेक प्रयासलाई कड़ाई पूर्वक असफल बनाइनेछ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, सीमालाई सुरक्षित राखेर देशलाई सुरक्षित बनाउने सङ्कल्प निरन्तर जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा