
न्यूयोर्क, ३० अगस्त (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सरसंघचालक डा. मोहन भागवतले भारतका लागि एकता र विविधता दुवै उसको स्वभावमै अन्तर्निहित रहेको बताएका छन्। संघ प्रमुखले राष्ट्रहरू केवल भौगोलिक एकाइ नभई एउटा दायित्व निर्वाह गर्ने संस्था रहेको बताए।
स्वामी विवेकानन्दको भनाइ उद्धृत गर्दै उनले प्रत्येक राष्ट्रसँग संसारलाई दिनका लागि एउटा सन्देश, पूरा गर्नका लागि एउटा ध्येय र साकार पार्नका लागि एउटा नियति हुने बताए। उनले यो विचार न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डेनमा ‘एहेड फोरम’ को आयोजनामा भएको सार्वभौमिक एकात्मता समारोहलाई सम्बोधन गर्दै व्यक्त गरेका हुन्।
डा. भागवतको सम्बोधनका प्रमुख बुॅंदा:
१. बहुलतावाद र विविधतामा एकता
‘संयुक्त राज्य अमेरिका’ भन्दा प्रायः ‘बहुलतावाद’ शब्दको चर्चा हुन्छ भने ‘भारत’ भन्दा ‘विविधतामा एकता’ भन्ने भाव अगाडि आउँछ। भारतका लागि एकता र विविधता दुवै उसको स्वभावमै अन्तर्निहित छन्।
२. राष्ट्रको ध्येय र दायित्व
राष्ट्रहरू केवल भौगोलिक एकाइ होइनन्। राष्ट्रले एउटा दायित्व निर्वाह गर्छन्। स्वामी विवेकानन्दले प्रत्येक राष्ट्रसँग संसारलाई दिनका लागि एउटा सन्देश, पूरा गर्नका लागि एउटा ध्येय र साकार पार्नका लागि एउटा नियति हुन्छ भनी बताएका थिए।
३. भारतको नियति
भारतको दायित्व विविधतामा एकताको सत्यलाई आत्मसात् गर्नु र समय समयमा संसारलाई पनि यस सत्यको अनुभूति गराउनु हो। हामी एक हौँ र विविधताले हाम्रो एकतालाई अझ सुन्दर बनाउँछ। त्यसैले विविधताको उत्सव मनाउन, सम्मान गर्न र स्वीकार गर्न आवश्यक छ। साथै, आफूभित्र एकात्मताको भाव सधैँ कायम राख्नुपर्छ।
४. मानवको वैश्वविक दायित्व
उचित र अनुचितको ज्ञान राख्ने विवेकशील मानिसहरूको दायित्व सम्पूर्ण विश्वलाई धारण र संरक्षण गर्न आफ्नो जिम्मेवारी निर्वाह गर्नु हो।
५. विचारको दिशा
यदि सही ढंगले विचार गरियो भने मानिस ईश्वरको नजिक पुग्न सक्छ। गलत ढंगले विचार गरेमा पशुजगत्को नजिक पुग्न सक्छ। त्यसैले विचारको दिशा महत्त्वपूर्ण हुन्छ।
६. उत्तरदायी नागरिक
आफ्नो जीवनलाई उचित दिशामा अघि बढाउने व्यक्ति ईश्वरको राज्यको उत्तरदायी नागरिक बन्न सक्छ।
७. मानिसको विशिष्टता, विचार गर्ने क्षमता
मानिसलाई पशुभन्दा फरक बनाउने प्रमुख विशेषता उसको विचार गर्ने क्षमता हो। मानिसले सही ढंगले विचार गरेमा सम्पूर्ण विश्वलाई धारण गर्न सक्छ।
८. उचित अनुचितको विवेक र एकता
मानिस विश्वप्रति उत्तरदायी छ, किनकि उसमा उचित र अनुचितबीचको विवेक छ। त्यसैले मानिसले विविधताका बावजुद एकताको अनुभूति गर्न सक्छ।
९. अन्तर्निहित एकत्व
हाम्रा शरीर फरक छन् र बाह्य रूपमा सबै कुरा अलग देखिन्छन्। तर हाम्रो भित्र केही यस्तो तत्व छ, जुन समान छ। हामी एक अर्कासँग जोडिएका छौँ र एक अर्काका हौँ।
१०. अस्तित्वको एकता
‘अस्तित्वको एकता’ नै हाम्रो सत्य हो।
११. विश्व दृष्टि
सम्पूर्ण संसारलाई ‘एक’ देख्नु हाम्रो दृष्टिकोण हो।
१२. दुई जीवन दृष्टि
एउटा प्रवृत्ति थियो, ‘बाऔँ र अरूलाई पनि बाँच्न दिऔँ।’ अर्को प्रवृत्ति थियो, ‘बाचौं र केवल उनीहरूलाई बाँच्न दिऔँ, जो हाम्रो आदेश मान्छन्।’ ‘तिमीले हाम्रो आदेश मान, हामी तिम्रो रक्षा गर्छौँ’ भन्नेहरू राक्षस हुन्।
१३. भारतको सन्त परम्परा
भारतका सन्त महापुरुषहरू दुष्ट मानिसहरूको मनबाट समेत शत्रुताको भाव समाप्त होस् भन्ने प्रार्थना गर्छन्।
१४. अमेरिकामा भारतीय प्रवासी समुदायको दायित्व
अमेरिकामा बस्ने भारतीय प्रवासी समुदाय आफ्नो कर्मभूमिप्रति निष्ठावान हुनुपर्छ। यो अनिवार्य कर्तव्य पूरा गरेपछि जन्मभूमिका लागि केही गर्ने उत्कट इच्छा भए भारतले प्रदान गरेका मूल्यअनुसार जीवन बिताउनुपर्छ।
१५. भारतको विश्व भूमिका
भारतको नियति संसारलाई यही सन्देश दिनु हो। यस धर्मको बोध गराउने दृढ आधार ‘अस्तित्वको एकात्मता’ अर्थात् ‘अस्तित्वको एकता’ हो। यही हाम्रो सत्य हो।
१६. हिमालयदेखि समुद्रसम्म एउटै दायित्व
हिमालयदेखि समुद्रसम्म हाम्रो एउटै दायित्व छ, यो ज्ञान संसारसम्म पुर्याउनु। भारतमा हाम्रो दायित्व सत्यको साक्षात्कार गर्नु हो।
१७. भारतको जीवन दृष्टि
भारतले संसारलाई जीवनको एउटा दृष्टिकोण प्रदान गरेको छ।
१८. उपदेश होइन, आचरण
भारतीयको दायित्व यो सन्देश उपदेशमार्फत होइन, आफ्नो आचरणमार्फत संसारसम्म पुर्याउनु हो।
१९. धर्मको अर्थ
धर्म त्यो नियम हो, जसका आधारमा सम्पूर्ण सृष्टि धारण हुन्छ। धर्म त्यही नियम हो, जसले मानिसको जीवनको गुणस्तरलाई व्यवस्थित गर्न मद्दत गर्छ। मध्यम मार्ग नै धर्म हो।
२०. एकात्मता र विविधता
हामी एकात्मतामा एकजुट छौँ र विविधताले सुशोभित छौँ।
२१. विविधता स्वाभाविक, एकता सत्य
विविधता स्वाभाविक हो र एकता सत्य हो।
२२. ग्रहण र प्रतिदान
हामीले संसारबाट धेरै कुरा ग्रहण गरेका छौँ, त्यसैले संसारलाई फिर्ता दिनु पनि हाम्रो दायित्व हो। हामीले कति कमायौँ भन्ने महत्त्वपूर्ण होइन, कति बाँड्यौँ भन्ने महत्त्वपूर्ण हो।
२३. परम्परा र सतत जीवन पद्धति
हामीले समाजलाई फिर्ता दिनुपर्छ। यही हाम्रो परम्परा हो। भारतले आफ्ना सन्तान तथा प्रवासी समुदायबाट आफ्नो जीवन दृष्टिलाई अगाडि बढाउने अपेक्षा राख्छ। यो सतत जीवन पद्धतिको एउटा आदर्श हो।
हिन्दुस्थान समाचार / बिशाल