राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न


गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। नाम्ची जिल्ला एसकेएम नारी शक्तिको तत्वावधानमा धारावाहिक रूपमा आयोजना भइरहेको समष्टिस्तरीय नारी कार्यकर्ता सम्पर्क अभियान आज राङगाङ याङगाङ निर्वाचन क्षेत्रको याङगाङस्थित सामुदायिक हलमा सम्पन्न भयो। यो अभियान महिला कार्यकर्ताहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको बताइएको छ।

कार्यक्रममा हालै सीएलसी, डब्ल्यूएलसी तथा जिल्ला कार्यकारिणी समितिको विभिन्न तहमा नियुक्त नारी शक्ति कार्यकर्ताहरूसँग अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियाका क्रममा उनीहरूको सांगठनिक जिम्मेवारी, विभिन्न तहबीचको समन्वय तथा पार्टीको दृष्टिकोण र सिद्धान्तलाई थप सुदृढ बनाउने विषयमा छलफल गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी नेतृत्वले नारी शक्ति कार्यकर्ताहरूले आफूलाई प्रभावकारी तृणमूल नेतृत्वका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। वक्ताहरूले एसकेएम पार्टी तथा पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको मूल सन्देश र दृष्टिकोणलाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको संविधान तथा सांगठनिक ढाँचाअनुरूप कार्य गर्नुपर्ने बताए। कार्यकर्ताहरूलाई जनतासँग निरन्तर सम्पर्कमा रहन, जमीनी तहका समस्या तथा आवश्यकताहरू बुझ्न तथा सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माणमा अर्थपूर्ण योगदान दिन आह्वान गरियो।

कार्यक्रममा क्षेत्र विधायक तथा विधानसभा उपाध्याक्ष राजकुमारी थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत लगायत पार्टी नेतृत्वहरूको सक्रिय उपस्थिति थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande