असमको शोणितपुर जिल्लामा ट्रक र इको गाडी ठोक्किँदा पाँच युवाको मृत्यु
शोणितपुर में हुए भीषण सड़क हादसे में मारे गए पांच युवकों की तस्वीरें।


शोणितपुर, १२ सेप्टेम्बर (हि.स.)। असमको शोणितपुर जिल्लामा बालिपारानजिक भएको भीषण सडक दुर्घटनामा पाँच युवाको मृत्यु भएको छ। राष्ट्रिय राजमार्ग-१५ अन्तर्गत टुबुकीझारस्थित मीट सप्लाई क्षेत्रमा तीव्र गतिमा रहेको ट्रक र इको गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

पुलिसका अनुसार, दुर्घटनामा मृत्यु हुनेमा सञ्जय मेष, लाटुमनी (पापु) बोरा, नयन स्वर्गियारी, प्राञ्जल बनिया र हरबिन्द (गोविन्द) हाजोवारी रहेका छन्। मृतक सबै ओहनी पथार बटाबारी क्षेत्रका बासिन्दा रहेको बताइएको छ।

प्रारम्भिक जानकारीअनुसार, दुवै सवारीसाधन विपरीत दिशाबाट आइरहेका थिए। सोही क्रममा तीव्र गतिमा आएको ट्रकले इको गाडीलाई अगाडिबाट ठक्कर दिएको थियो। ठक्कर यति शक्तिशाली थियो कि इको गाडी सडकबाट तल गहिरो खाल्डोमा खसेको थियो।

दुर्घटनापछि घटनास्थलमा हलचल मच्चिएको थियो। स्थानीयले तत्काल पुलिसलाई खबर गरेपछि उद्धार तथा राहत कार्य शुरु गरियो। पुलिस र स्थानीयवासीले गाडीभित्र फसेका व्यक्तिलाई बाहिर निकाल्ने प्रयास गरेका थिए।

दुर्घटनाग्रस्त इको गाडीबाट मदिराका केही बोतलसमेत बरामद भएका छन्। यद्यपि ती बोतलको दुर्घटनासँग कुनै सम्बन्ध थियो वा थिएन भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन।

पुलिसले दुर्घटनाको कारण पत्ता लगाउन जॉंच शुरु गरेको छ। तीव्र गति, सवारीसाधनको अवस्था तथा दुर्घटनासँग सम्बन्धित अन्य पक्षबारे पनि जॉंच भइरहेको छ। घटनापछि मृतकका परिवारमा शोक छाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande