ब्रिक्स शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदीले मलेसियाली प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गरे
18वें ब्रिक्स शिखर सम्मेलन के इतर द्विपक्षीय बैठक के दौरान प्रधानमंत्री नरेन्द्र मोदी और मलेशिया के प्रधानमंत्री दातो सेरी अनवर बिन इब्राहिम।


नयाँ दिल्ली, १२ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा मलेसियाका प्रधानमन्त्री दातो सेरी अनवर बिन इब्राहिमसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। दुवै नेताले यसै वर्ष फरवरीमा प्रधानमन्त्री मोदीको मलेसिया भ्रमणपछि द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री मोदीले भारत आगमनमा मलेसियाली प्रधानमन्त्री इब्राहिमको स्वागत गर्दै ब्रिक्स शिखर सम्मेलनमा साझेदार राष्ट्रका रूपमा मलेसियाको सहभागिताको प्रशंसा गरे।

भारत र मलेसियाका प्रधानमन्त्री कार्यालयद्वारा जारी संयुक्त वक्तव्यअनुसार, दुवै नेताले व्यापार तथा लगानी, रक्षा तथा सुरक्षा, अर्धचालक, पूर्वाधार, डिजिटल अर्थतन्त्र, ऊर्जा, वित्तीय प्रविधि, शिक्षा, पर्यटन तथा जनस्तरको सम्पर्कलगायत विभिन्न क्षेत्रमा भएको सहकार्यको प्रगतिको समीक्षा गरेका छन्।

भेटवार्ताका क्रममा प्रधानमन्त्री इब्राहिमले सबाहको कोटा किनाबालुमा भारतको महावाणिज्य दूतावास स्थापना गर्न मलेसिया सरकार सहमत भएको जानकारी गराएका छन्।

प्रधानमन्त्री मोदीले भारत-आसियान सम्बन्धलाई सुदृढ बनाउन मलेसियाले निरन्तर गर्दै आएको सहयोगको प्रशंसा गरे। दुवै नेताले क्षेत्रीय तथा विश्वव्यापी महत्वका विभिन्न विषयमा पनि विचार आदान-प्रदान गरेका छन्।

दुवै पक्षले भारत-मलेसिया व्यापक रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande