प्रधानमन्त्री मोदीले भियतनामका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गरे
नई दिल्ली : 18वें ब्रिक्स शिखर सम्मेलन के इतर वियतनाम के प्रधानमंत्री ले मिन्ह हुंग के साथ द्विपक्षीय बैठक करते प्रधानमंत्री नरेन्द्र मोदी।


नयाँ दिल्ली, १२ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा भियतनामका प्रधानमन्त्री ले मिन्ह हुंगसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा दुवै नेताले भारत–भियतनाम सम्बन्ध तथा विभिन्न क्षेत्रीय र विश्वव्यापी विषयमा छलफल गरे।

विदेश मन्त्रालय अनुसार, प्रधानमन्त्री मोदीले ब्रिक्सको साझेदार देशका रूपमा भियतनामको सहभागिताको स्वागत गरे। दुवै नेताले यसै वर्ष मई महिनामा भियतनाम कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति टो लामको भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ‘उन्नत व्यापक रणनीतिक साझेदारी’ को दर्जा दिइएपछि भएका प्रगतिबारे समीक्षा गरे। दुवै पक्षले क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विभिन्न विषयमा विचार आदान-प्रदान गर्दै द्विपक्षीय साझेदारीलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।

भारत र भियतनामबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। यी सम्बन्ध साझा सांस्कृतिक विरासत, पारस्परिक विश्वास र समझदारीमा आधारित छन्। भियतनाम भारतको ‘एक्ट ईस्ट’ नीतिको महत्वपूर्ण स्तम्भ तथा दक्षिण–पूर्वी एसियामा भारतको प्रमुख साझेदारका रूपमा रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande