ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भियतनामका प्रधानमन्त्री दिल्ली आइपुगे
18वें ब्रिक्स शिखर सम्मेलन में भाग लेने के लिए नई दिल्ली पहुंचे वियतनाम के प्रधानमंत्री ले मिन्ह हुंग का स्वागत करते केंद्रीय राज्य मंत्री मुरलीधर मोहोल।


नयाँ दिल्ली, १२ सेप्टेम्बर (हि.स.)। भियतनामका प्रधानमन्त्री ले मिन्ह हुङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका छन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले उनको भारत भ्रमणबारे जानकारी दिएका छन्।

रणधीर जायसवालले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भियतनामका प्रधानमन्त्री ले मिन्ह हुङ नयाँ दिल्ली आइपुगेको र उनको स्वागत गरिएको जानकारी दिएका छन्। विमानस्थलमा केन्द्रीय नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलले उनको स्वागत गरेका थिए।

उनले भारत र भियतनामबीच उन्नत व्यापक रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै यो साझेदारी लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध र सहकार्यमा आधारित रहेको बताए। दुवै देशबीच रक्षा तथा सुरक्षा, वित्तीय प्रविधि, महत्वपूर्ण खनिज तथा अन्य उदीयमान क्षेत्रमा सहकार्य निरन्तर विस्तार भइरहेको उनले बताए।

जायसवालले भारत र भियतनामले बहुपक्षीय मञ्चहरूमा पनि घनिष्ठ सहकार्य गर्दै अघि बढिरहेको जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande