
जोरहाट (असम), 12 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार जोरहाट जिल्लाका दुई प्रमुख़ परियोजनाहरूको उद्घाटन गरिरहेका छन्। यसमा नवनिर्मित ज़िल्ला आयुक्त कार्यालय भवन अनि चिनामरा रेलवे ओभरब्रिज सामेल छन्।
मुख्यमन्त्रीले आइतवार बिहान 11 बजे यी दुवै परियोजनाहरूको लोकार्पण गर्नेछन्। ज्ञात रहोस्, आयुक्त कार्यालय भवनको लोकार्पणसँगसँगै ब्रिटिशकालीन लाल बिल्डिङ्ग इतिहास बन्नेछ। उद्घाटनपछि आयुक्त कार्यालयलाई नयाँ भवनमा स्थानान्तरण गरिनेछ।
वर्षौंदेकिको लाल बिल्डिङ्गमै डीसी कार्यालय सञ्चालन हुँदै आएको थियो। समयको मागलाई ध्यानमा राखेर शहरको निकटवर्ती क्षेत्र राजबाड़ीमा डीसी कार्यालयको एकीकृत बहुतले भवन निर्माण गरिएको छ। यो भवन सबै आधनिक सुविधाहरूद्वारा लैस रहेको छ।
उल्लेखनीय छ, पुरानो डीसी कार्यालयलाई सङ्ग्रहालय बनाउने योजना छ। मुख्यमन्त्री डा. सरमाले 64 करोड़ रुपियाँको लागतमा निर्मित 5.45 मीटर लामो दुई लेनको रेल ओभरब्रिजको पनि उद्घाटन गर्नेछन्। यो ओभरब्रिज शुरू भएपछि मरियानीर जोरहाटबीच यातायात सहज हुनेछ तथा मानिसहरूलाई अब रेलवे फाटकमा लामो प्रतीक्षा गर्नुपर्नेछैन।
चिनामरा क्षेत्रलाई इण्डस्ट्रियल हब मानिन्छ। यहाँ साना-ठूला गरी धेरैवटा कलकारखानाहरू छन्। लामो दूरत्वको ट्रेन चढ़्नका लागि जोरहाटका यात्रीहरूलाई मरियानी पुग्नुपर्छ। मालगाड़ी एवं जोरहाट आउने केही यात्री ट्रेनहरूको आवागमनकै कारणले चिनमारा रेलवे फाटक ब न्द हुन्छ। यसले गर्दा वाहनहरूको लामो ताँत लाग्छ, तर ओभरब्रिज शुरू हुनथालेपछि मानिसहरूले ठूलो राहत पाउनेछन्।
भाजपा सरकारले जोरहाटको विकासमाथि विशेष बल दिएको छ। पछिल्लो दश वर्षमा शहरमा तीन वटा रेल ओभरब्रिज र एउटा फ्लाइओभर निर्माण भिसकेको छ। जोरहाटका विधायक हितेन्द्र नाथ गोस्वामीको दूरदर्शी सोंचको परिणाम हो कि आज शहरको स्वरूप नै फेरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा